लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

  • प्रकाशित मितिः चैत्र 16, 2076
  • मधेश स्पेशल
  • 1100 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदैछ ।

लक डाउनका कारण बजारहरु  सार्वजनिक सवारी साधन चलेका छैनन् तर एक वडा मानिस अर्को वडामा र  छिमेकी पालिकाको मानिस यस नगरपालिकामा आवतजावत गरी रहेको छ।

कतिले त पैदल त कतिले मोटर साइकलले आवत जावत गरिरहेको गरिरहेको छ ।

सरकारले यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।  

सुखीपुरको गुन्द्री बजारमा दुरी मेन्टन नगरी बजार लागेको र स्थानीय सरकार र स्थानीय प्रहरी मुख दर्शक बनेको प्रति स्थानीयहरु महामारी डरले त्राहिमाम देखिन्छ।

खुल्याम रुपमा प्रहरीको अगाडिबाटै बिना पासको फाट्टफुट्ट मोटर साइकल चलिरहेका छन्।

अहिलेको मौनता पछि ठूलो घटनाको सृजना हुन सक्ने स्थानीय स्वास्थ्यकर्मीहरुले बताउनुभयो।

यस प्रकारको गतिविधि रोक्न सम्बन्धित निकाय समयमै सचेत हुनुपर्ने जरुरी देखिन्छ।

अति सम्बेदनशील भारतीय सीमासंग टाँसिएको बरियारपट्टी, औरही गाउँपालिकाले र लोकमार्गसंग जोडेको धनगढीमाई नगरपालिकाको को मानिसहरु आवत जावत विशेष रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६