सुखीपुरमा राहत वितरण

  • प्रकाशित मितिः चैत्र 19, 2076
  • मधेश स्पेशल
  • 1308 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गर्ने श्रमिक परिवारलाई सुखीपुर स्थित रहेको हनुमान एग्रो फुड प्रोडक्टस प्रा।लि, मोहन एजुकेशन एकेडेमी सुखीपुरले राहत वितरण गर्ने भएको छ ।

दैनिक ज्यालादारी गर्ने, असहायलगायतलाई राहत उपलब्ध गराउन लागेको हो । लकडाउनमा रोजगारीका अवसर नहुने भएकाले गुजारा चलाउन नसक्ने परिवारलाई मनकारी उधोग पति अशोक प्रसाद गुप्ताले दैनिक जीवनमा आवश्यक पर्ने न्यूनतम वस्तु समेटेर प्याकेजमा राहत वितरण गरेको छ ।

सुखीपुर नगरपालिका वडा नं ८, का अतिपीडित १ सय २५ परिवारलाई चाबल १० किलो दाल ५०० ग्राम आलु १ किलो नुन १ किलो खानेतेल १ बोतल चाउचाउ २ पैकेट हातधुने साबुन १ पिस तथा माक्र्स १ थान राहत वितरण गरिएका छन् ।

हामी राहतको कार्य गरेर खुशि भएका छौ । आफु समस्याको बाबजुद पनि गरिबको दुखमा अलि राहत दिन पाउँदा एकदमै भाग्यमानी ठानेको र आउने दिनहरुमा पनि आफु यसरी नै सहयोग गर्ने राहतदाता अशोक प्रसाद गुप्ताले बताउनुभयो ।

आजै सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने मोटरसाईकल मेकानिकका संचालक संतोष कुमार चौधरी र टेलरिङ्ग संचालक मनोज चौधरीले संयुक्त रुपमा ३ सय थान माक्स र १ सय ५० थान हात धुने साबुन वितरण गरेको छ ।

त्यस्तै यस अघि नगर सुधार समितिका संयोजक विपी भुवन यादवले २ परिवारलाई १०÷१० किलो चामल, दाल र नुन राहत दिनु भएको थियो ।

त्यसैगरी सुखीपुर नगरपालिकाले सुखीपुर नगरको प्रत्येक घरधुरी परिवारमा एक एक पिस नुहाउने साबुन वितरण गरेको छ । र सुखीपुरको स्थानीय युवाहरुको सहकार्य तथा जपान बस्दै आईरहनुभएको संजु आमागाई आर्थिक सहयोगमा ५ परिवारलाई चामल , दाल, नुन र माक्स वितरण गरेको छ ।

सुखीपुर नगरपालिकाले साबुन मात्रै वितरण गरेको र गुजारा चलाउन नसक्ने परिवारलाई दैनिक उपभोग्य राहत विरतरण नगरेकोले जनगुनासो बढेको छ । सुखीपुरमा ब्यक्तिगत रुपमा राहत वितरण गर्नेहरु संख्या बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६