लहानका युवाहरुले विपन्न परिवारलाई घर घरमा पुगेर बाँडे खाद्यान्न

  • प्रकाशित मितिः चैत्र 19, 2076
  • मधेश स्पेशल
  • 728 पटक पढिएको

फिरोज शेख
लहान । सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

लहान नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विजय कुमार महतोले दिएको सूचनाको आधारमा अति प्रभावित लहान ८ का पासवान टोल ,मण्डल टोल र डिह्बारथान टोलको विभिन्न स्थानमा बसोबास गर्ने धनिलाल सदाय, राम देव पासवान,फुलोदेवी राय , छुतहरु पासवान लगायत १०५ घरपरिवार लाई घरमै पुगेर दाता विद्यार्थी बिनोद यादव , निलेश यादव ,लहान सिटि जेसिस वर्ष २०१९ का अध्यक्ष राजु मण्डल,समाजसेवी प्रेम महतो, व्यापारी विकाश राय र मेडिकल सेल्स अफिसर मोहन सिंह लगायतका युवाहरुले संयुक्त रुपमा आफ्नै आर्थिक सहयोगमा करिब एक लाख बराबरको खाद्यान्न वितरण गरेको वडा अध्यक्ष महतोले जानकारी दिएका छन्।


उनक अनुसार ५ किलो चामल, आधि किलो दाल, २ किलो ५०० ग्राम आलु, १ किलो नुन १ किलो , स्वयाविन ३०० ग्राम,खाने तेल २०० ग्राम ,दालमोट १०० ग्राम,भुजा ४०० ग्राम,चाउचाउ ५र५ पिस,साबुन १र१ पिस,अदुवा,लसुन,खुर्सानी २५० ग्राम,धुलो खुर्सानी १०० ग्राम, तरकारी २ केजी वितरण गरिएको हो ।

सरकारले कोरोना भाइरसको महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न , ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा दाता हरुले खाद्यान्न वितरण गरेको अध्यक्ष महतोको भनाइ छ ।

राहत वितरण गर्ने क्रममा युवादाताहरु संगै वडा अध्यक्ष विजय कुमार महतो,संचारकर्मी जिवछ उदासी,मनिलाल विश्वकर्मा र फिरोज शेखको पनि उपस्तिथी रहेको थियो। लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारहरु खाद्यान्न पाउदा अलि राहत महसुस भएको सुनाउदै सहयोगी सम्पूर्ण युवा तथा वडा अध्यक्ष लाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६