गरिव मजदुरकाे रहातका लागि सिरहा नगरपालिकाद्वरा १ कराेड १० लाखकाे प्यकेज घाेषणा

  • प्रकाशित मितिः चैत्र 19, 2076
  • मधेश स्पेशल
  • 1079 पटक पढिएको

बैधनाथ कुमार यादब
सिरहा । विश्वभरी महामारीकाे रूपमा फैलिरहेकाे नाेवेल काेराेना भाइरसका कारण विश्व नै बन्दका अवस्थामा रहेका छन । नेपाल सरकार पनि चैत्र ११ गते देखि लकडाउन गरेका छन।
 
लकडाउनकाे प्रभाव देशका सम्पूर्ण गतिविधमा परेकाे छ भने सब भन्दा बढी प्रभावित दैनिक रूपमा मजदुरी गर्नेहरू रहेका छन । मजदुरहरूका लागि सरकारले विभिन्न रहात प्यकेज व्यवस्थापन गर्ने याेजना बनाए पनि मजदुरकाे हाथमा पुग्न सकेकाे छैन् । यता प्रदेश नं. २ काे सरकारले स्थानियतहका सरकारलाई मजदुरका लागि रहात उपलब्ध गराउन रू. १५ लाख दिईने घाेषणा गरेकाे छ । तर घाेषणा प्याकेज कहिले अाउने निश्चित नरहेकाे स्थानिय जनप्रतिनिधिहरूका भनाइ छन ।
 
सिरहा नगरपालिकाले नगर भित्रका मजदुरहरूका जीवन जिविकाका लागि रू. १ कराेड १० लाखका रहात व्यकेज व्यवस्थापन गर्ने निर्णय लिईएका छन् । विभिन्न याेजनाहरूलाई परिवर्तन गरि जीवन जिविकालाई ध्यानमा राखि नगरपालिकाका २२ वटा वडामा रू. ५ लाखका रहात प्यकेज वितरण गर्ने व्यवस्था मिलाएका छन् ।
 
महामारीकाे अवस्थामा जनताका जीवन अमूल्य रहेकाले सिरहा नगरपालिका सुरक्षाका लागि सम्पूर्ण कदम चल्ने मेयर असेश्व प्रसाद यादबले बताउनु भयाे । गरिब विपन्न वर्गका तथ्यङ्कलाई प्रमुख अाधार मानि रहात वितरण गरनेछ । जनताका हित विपरित कुनै पनि कार्य यसवेला कसैले गरे नगरपालिकालाई मानि हुदैन र करवाहि हुन्छ ।
 
सरकारकाे निर्णय जनताले मानि लकडाउन तथा काेराेन भाइरसकाे महामारीसँग घरबाटै लडनु पर्छ । नगरपालिका परिवार सबै जनताका साथमा छन् । तपाईहरूका घर घरमा रहात जान्छ । तपाईहरू जस्तै समस्या सरकारकाे पनि छ । त्यसैले सहयाेगका साथ सबै मिलेर काेराेना भइरससँग एकजुट भई लडाैँ अनुराेध यादबले गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६