लॉक डाउनको बेला बाजार डुलन राम्रो उपाय समाजसेवा

  • प्रकाशित मितिः चैत्र 20, 2076
  • मधेश स्पेशल
  • 1807 पटक पढिएको

धीरेन्द्र साह


कोरोना त्रसित छिमेकी को घरमा भूखले रोएको,चिल्लाएको बालबालिका लाई अरु बेला माया न गर्ने , आफ्नो टोलमा सरसफाई अभियान हूदा मेरो संयोजनमा भएन म किन शामिल हुने सोंच भएको महान व्यक्तित्वहरु अहिले संक्रमण यानी सरुआ रोग कोरोना को त्रासले दुनिया त्रसित भएको बेला समाज प्रतिको सबै भन्दा सचेत व्यक्ति म नि छू साबित गर्न समाजसेवि, समाजिक अभियंता र सरसफाई अभियंता भएर बाजार घुमन नया उपाय खोज्नु र निकाल्नु भएको छ । तपाईहरुको समाज प्रतिको लगाव लाई सलाम गर्न चाहन्छु अभियन्ताज्यू
बधाई र सफलताको कामना पनि गर्दैछु अभियंताज्यूहरु
तर अहिलेको बेला बाढ़ी , भूकम्प , हवाहुरी , पहिरो , चिसोको कठंगमा लुगा बांटने , धार्मिक रथ यात्राहरुको बेला फल र शर्बत खुआउने समय होइन . सोचनु हजुर ।कोरोना जस्तो संक्रमित महामारी रोगको बिकट बेलाको एक एक दिन बिताउदैछू हामी .
तपाइको सानो गलती कोरोना संक्रमण लाई तीव्र गर्न सक्छ । तीव्र मात्र होइन हाम्रो जीवन लीला लाई पनि समाप्त गर्न सक्छ ।
तपाई लाई समाज सेवा गर्न इच्छा छ भने सर्वप्रथम आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिएर आफ्नो परिवार लाई संक्रमित हुनु बाट जोगाउनु । ठुलो पुण्य हुन्छ । तपाई को परिवार संक्रमित भएन भने टोल नि कोरोना को संक्रमण बाट जोगिने हो । त्यसपछि पूरा शहर होइन आफ्नो टोल लाई मात्र सेनिटाईज गर्न प्रयास गर्नु । आफ्नो आसपास डंपिंग भएको फोहर खास ग़री पानी भएको ठाउँ लाई किरोसिन तेल र डी.डी. टी को छिड़काव गरेर लामखुट्टे उत्पन्न हुन बाट रोक्ने प्रयास गर्नु । न त फेरी कालाजार र डेंगू आउछ । आफ्नो घरको फोहर लाई घर मै व्यवस्थापन गर्नु । रोड़मा ल्याएर न फाल्नु । न त फोहर ले फेरी अर्को महामारी निम्तियॉउछ । आफ्नो आफन्त र साथी भाई लाई ई बैंकिंग बाट केहि आर्थिक सहयोग त्योपनि बिना बापसीको शर्तमा सहयोग गर्नु सोंच बनाउनु। छिमेकी घर परिवार लाई सहयोग सहकार्य गर्नु तर #अरु_संग_मांगेर_होइन आफ्नो घरको साधन र संसाधन ले छिमेकी लाई अन्न र धनको सहयोग गरम । साथै कपोल कल्पित दवाब सृजना गरेर आफ्नो संस्थाको नाममा सरकारी निकाय संग बजट लिएर दान गर्ने नाटक न गर्नु । अहिले को समयमा सरकारी निकाय लाई आफ्नै जन शक्तिको प्रयोग गर्न दिनु । सरकारी निकाय संग तलवी व्यूरोक्रेसी , जनप्रतिनिधि र प्रहरी प्रशासन लाखो को संख्यामा हुनु हुन्छ .
सबै भन्दा राम्रो घरमा बसेर हामी लाई संक्रमित रोग बाट जोगाउन मा तपाई को पनि भूमिका र सहयोग होस हामी सदैब हजुरको ऋणी हुनेछौ । सुरक्षा निकायहरु , डॉक्टर , स्वास्थ्य- कर्मी र सरकारले गरेको काम माथि केहि दिन बिश्वाश गर्न प्रयास गरम . हामी धेरै सुरक्षित छू तर तपाईको सानो गलतीले सबै लाई तबाह गर्न सक्छ । म पनि कोरोना महामारी विरुद्ध फाल्गुन र चैत महीनामा दर्जनों चेतनामूलक अभियान गरे । तर अहिले एक मात्र उपाय लॉकडाउन भएको ले लॉक डाउन को आत्मसात गरेर घरमा छू । विश्वस्त छू तपाई को सानो सहयोग ले हामी कोरोना जस्तो महामारी बाट मुक्ति पाउने छू । आफू पनि सुरक्षित हुन्छु र तपाई पनि सँगै आगामी दिनमा फेरी यस्तो दिन न हेर्नु परोस त्यसको लागि सामाजिक बदलाव र विकृति बिरुद्ध को अभियानमा निःस्वार्थ भएर सहकार्य गरौला ।
हामी शिक्षित र जागरूक तबकाको व्यक्ति छू हामी नि समाजिक दूरी बुझने भएर पनि त्यसको पालना न गरे हाम्रो छिमेकी त्यो पनि कम पढ़े लेखेको काका काकी , भाई बहिनी कसरी पालना गर्ने हो ।
मंदिर मस्जिद गुरुद्वारा र चर्चमा अवस्थित तेस्रो शक्ति पनि हामी लाई यस्तो बेला सहनशीलता , शक्ति देउस कामना गर्दैछू ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६