लहानका ब्यवसायी केशव महतोद्वारा एक महिनाको घरभाडा नलिने घोषणा

  • प्रकाशित मितिः चैत्र २०, २०७६
  • मधेश स्पेशल
  • 1322 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिराहाको लहान नगरपालिकका ब्यवसायी केशव महतोले आफ्नो लहानमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
लहान नगरपालिका – ६ शिवचौक स्थायी न्यु मनकामना ट्रेडर्स हार्डवेयर पसल सञ्चालन गर्दै आएका केशव महतोल ब्यवसायी केशव महतोले चैत महिनाको घरभाडा नलिने जनाएका हुन् ।

‘कोरोना संक्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउन छ । नेपाल आर्थिक संकटमा गुज्रिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ । धेरैले भाडा नलिने घोषणा गरिरहनुभएको छ । त्यही सन्दर्भमा मैले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको छु ।’

आफ्नो घरका कोठा भाडामा लगाएको उनले बताए । ‘ कोठा भाडाबाट मासिक ८५ हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्नँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६