लकडाउनमा कृषी श्रमिक माथी सामूहिक हमला

  • प्रकाशित मितिः चैत्र 21, 2076
  • मधेश स्पेशल
  • 2029 पटक पढिएको

जनकपुरधाम / कोरोना भाईरसले विश्व आतंकित बनिरहँदा सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै करिव ३५ जनाको एक समूहले कृषी श्रमिकहरुमाथी सांघातिक हमला गरेको छ ।

गए वुधवार विहान धनुषाको क्षिरेश्वरनाथ ९ हथराटोलमा माछा पालनमा संलग्न ५ जना कृषी श्रमिकलाई कुटपिट गरि उनिहरु बस्दै आएको पोखरी किनारमा बनाईएको अस्थायि काठे टहरा पनि उक्त समूहले भत्काईदिएका छन् ।

हमलामा परि १९ बर्षिय कृषी मजदुर अलि हसन नदाफ सख्त घाईते छन् । हसनको ढल्केवरस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भईरहेको बताईएको छ ।

क्षिरेश्वरनाथ ९ ईच्छापुरका राजेस महतोको हथराटोलस्थित माछा पोखरीमा काम गरिरहेका प्रकाश राई , रामकरण महतो , राकेश महतो , श्याम साह सोनार विहानको खाना खाएर अस्थायि टहरामा आराम गरिरहेका थिए । पिडित राई भन्छन् , माछालाई चारो हालेर खाना खाएर सुतिरहेका थियौँ , ठोक ठोक भन्दै एकाएक भिड आयो र केहीले हामीलाई पिटपाट गर्नथाले भने धेरैजसोले चाहीँ टहरा भत्काउन थाले ।

पिडितहरुका अनुसार , हथराटोलका पल्टु मुखिया , जीवछ मुखिया , गंगा मुखिया , मिथिलाविहारी नगरपालिका ६ का रामकिशुन मुखिया , क्षिरेश्वरनाथ नगरपालिका ९ औरहाका किशोरी चौधरी , रामएकवाल चौधरी , रामविलास राउत , उतिमलाल राउत , सियाशरण राउत लगायतको नेतृत्वमा आएको समूहले हमला र तोडफोड गरेका थिए । टहरामा भएको चारओटा सानो खाले ट्रेण्ट , पर्स र महत्वपूर्ण सामाग्रिहरु आगो लगाएर डढाईदिएका थिए । पिडित ३१ बर्षिय कृष्ण बहादुर सुनुवारका अनुसार ३० देखि ३५ जनाको समूहमा आएका उनिहरुले टहरामा रहेका खाना बनाउने भाँडा वर्तन , कृषी फर्म दर्ताको कागजपत्र , ग्याँस चुल्हो , ३ थान मोवाईल , लतकपडाहरु , माछा फर्ममा प्रयोग हुने सामाग्रीहरु ३० हजार रुपैयाँ बराबरको ४ ईञ्चको पानी तान्ने मेशिन , पायप , विजुली तार र खाद्य पदार्थ समेत उनिहरुले लिएर गएको बताईएको छ ।

जनकपुरस्थित श्री राम गुठीबाट ठेक्का मार्फत गुठीको नाममा रहेको १४८ विघा १० कठ पाँचधुर जग्गा १० बर्षको लागि भाडामा लिएर राजेस महतोले आर।ए।टी। कृषी उत्पादन तथा प्रशोधन केन्द्र नामक फर्म मार्फत ११ ओटा पोखरीमा सुरु गरिएको माछा पालनमा विगत तीन महिना देखि ५ कृषी मजदुर कार्यारत थिए ।

गुठीको जग्गा बर्षौँ अघि देखि भोगचलन गर्दै र बेच्दै आएकाहरुको योजनामा आक्रमण भएको राजेस महतोको भनाई छ । ईजरायलमा एग्रिकल्चर अध्ययन अनुसन्धान गरिरहेका महतोकै अगुवाईमा धनुषा , महोतरी र सिन्धुलीका करिव ७० जना युवाहरुको समूहले त्यहाँ माछा पालन सुरु गरेका हुन् । यसअघि महतोको ११ ओटै पोखरीमा बिष हालेर माछाको भुर नष्ट गरिए पनि विष हाल्नेहरु अहिले सम्म अज्ञात रहेको महतोले बताए । गुठी जग्गाका माफियाहरुको यस कार्यले युवा किषानहरुलाई हतोत्साहित बनाएको छ , महतोले भने ।

यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले घट्ना भएको पुष्टि गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाईने जानकारी दिए । हमलाकारीहरुलाई लकडाउन उल्लंघन गरेको र हमला गरेको विषयमा कार्वाही अगाडी बढाईने छ , उनले भने ।
युवा कृषकहरुको यो समूहले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाबाट प्राप्त अनुदानले माछा पालन सुरु गरिएको हो । आउने आर्थिक वर्षमा प्रदेश दुईका प्रधानमन्त्रि यस माछा फर्ममा प्रधानमन्त्रि रोजगारमा आवद् ५०० युवालाई रोजगार दिने योजना बनाईएको महतोले बताए ।

यसैबिच तराई मधेशमा सक्रिय रैथाने एकता परिषद्ले युवाहरुको सामूहिक रुपमा कृषी कर्म गर्नु प्रशंसायोग्य कदम भन्दै सरकारसँग कुषी मजदुर माथि कुटपिट गर्ने माथि कडा कानुनी कार्वाहीको माग गरेको छ । पत्रकार समेत रहेका रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीद्वारा जारि विज्ञप्तीमा भनिएको छ , कृषीमा लागेका युवालाई प्रोत्सहान गर्नुपर्नेमा कुटपिट गरेर हतोत्साहित गरिनु गर्नेहरुमाथी तत्काल कार्वाही गर्न तीनै तहका सरकारसँग माग गर्दछ । विज्ञप्ति मार्फत संयोजक बराइलीले प्रदेश दुईका सम्पूर्ण युवालाई कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न आआफ्नो ठाउँबाट लागि पर्न समेत आग्रह गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६