लकडाउनका बेला ढल्केवरको क्रसर उद्योगमा चोरी

  • प्रकाशित मितिः चैत्र 21, 2076
  • मधेश स्पेशल
  • 726 पटक पढिएको

 

ढल्केवर । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला धनुषाको मिथिलानगरपालिका ५ मा रहेको विपिन कुमार महतोको चुरियामाई वालुवा प्रसोधन उद्योगमा करिव ९ लाख रुपैयाँ वरावरको धनमाल चोरी भएको छ ।

गएको मंगलवार राती उक्त क्रशर उद्योगमा चोरी भएको हो । ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सो क्रसर उद्योगबाट विभिन्न सामान चोरी भएको विषयमा विहिवार जाहेरी परेको छ । क्रसर उद्योगका प्रोपाईटर विपिन कुमार महतोका पिता साधु महतो कोईरीले मिथिला नगरपालिका ५ का रामजीवन महतोले क्रसर उद्योगको सामाग्रि चोरी गरेको भन्दै कार्वाहीको माग गर्दै जाहेरी दिईएको हो ।

जाहेरीमा रामजीवनले पटकपटक क्रसरको विषयलाई पैसा माग गर्दै विवाद गरेको उल्लेख गरिएको छ । पिडित साधु महतो कोईरीले क्रसर चलाउन नपाएर ७ करोड घाटा लागिसकेको र घाटामा गएको क्रसरले कसरी मागेजति पैसा दिन सकिन्छ भनेर बताए ।

साधुले भने , क्रसरको सामान चोरेका रामरिजन महतो ज्यानै मार्ने सम्मको धम्बि दिएपछि बाध्य भएर जाहेरी दिनु परेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६