मिर्चैयामा राहत वितरणमा विवाद हुँदा झडप, ८ घाइते

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • मधेश स्पेशल
  • 900 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सिरहाको मिर्चैयामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सोमबार मिर्चैया नगरपालिकाको वडा नम्बर– २ मल्हनीयाँमा मेयर श्रवण यादव पक्ष र अमोद यादव पक्ष बीच झडप भएको हो । झडपमा वडा अध्यक्ष सहित करिब ८ जान घाइते भएका छन्।


घाइते हुनेमा घाईते तत्कालिन एमालेका अमोद यादव सहित २ जनालाई बिराटनगर रिफर गरिएको छ भने सोही पक्षका दुईजनाको मिर्चैयामा उपचार भइरहेको छ । यस्तै, वडा २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरसहित त्यस पक्षका दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् ।


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित वडा २ र ३ का दलित परिवारहरुले केहि दिनअघि अमोद यादवले राहत वितरण गर्न लागेपछि मेयरले जानकारी पाएपछि रोकेका थिए । दुवै पछ विच आईतवार समान्य विवादको रुप लियो तर मेयर पक्षले त्यहाँबाट गए सकेपछि प्रदेश सांसद दिलीप साह, तत्कालिन एमालेबाट मेयरका प्रत्यासी प्रदीप महासेठ र आमोद लगायतका राहत राहत वितरण गरेको थियो ।

 

सोमबार मेयर यादव र वडाध्यक्षसहितको टोली पनि त्यहाँ राहत वितरण गर्न जाँदा दुबै पक्षबीच विवाद भएपछि दोहरो झडपमा भएको हो ।
सामान्य झडप ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले बताए । यता, घटना सम्बन्धमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवसँग सम्पर्क गर्न खोज्दा मोबाईलमा फोन जाँदा पनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६