अंश विवादमा वहिनीद्वारा दाईमाथी खुकुरी प्रहार

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • मधेश स्पेशल
  • 890 पटक पढिएको

 
संतोष 
वर्दिवास / अंश विवादमा महोतरीको वर्दिवास नगरपालिका ६ किसानपुरमा एक वहिनीले आफ्नै दाईमाथी खुकुरी प्रहार गरेकी छन् ।
 
गए शनिवार १० कक्षामा अध्ययनरत किसानपुरकी १९ बर्षिया मञ्जु कुमारी महतोले दाई सञ्जय कुमार महतोलाई अंशको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेकि हुन् ।
 
खुकुरी प्रहारबाट सख्त घाईते बनेका सञ्जयको टाउकोमा ४ ओटा टाँका लगाईएको छ भने हाल धरानस्थित घोपा क्याम्पमा बाँकी उपचार भईरहेको छ । झगडाकै क्रममा दाईलाई खुकुरी प्रहार गरेकी मञ्जुले आवेशमा आएर भाउजू कवितालाई पनि टोकेर तथा चिथोरेर घाईते बनाएकीछिन् । मञ्जुको टोकाईले कविताको पेटमा गंभिर घाउ बनाएको छ भने दुवै कानहरुमा पनि प्रशस्त निलडाम देखिन्छन् ।
 
विवादको चुरो
 
किसानपुरमा बैँश छचल्किदै गर्दा दोश्रो श्रीमती ल्याउन यस क्षेत्रको पुरानो चौलिखा बजारमा झिल्के भनेर कहलिएका विन्देश्वर महतोले । कन्छि श्रीमती करमकुमारी देवि तिर दुईछोराहरु क्रमशः विनोद र घाईते सञ्जय अनि दुई छोरीहरु जेठि र कन्छी मञ्जुलाई जन्म दिईन् । जेठी छोरीको विवाह भईसकेको छ भने जेठो छोरो विनदोद छुटिईसकेका छन् । विनोद हाल मलेशियामा छन् । सञ्जय पनि हालै मलेशियाबाट फर्केका थिए ।
सतरुढ नेकपाका युवा नेता तथा किसानपुरका युवा अगुवा राजु महतोका अनुसार , सम्पतीको नाममा यो परिवारसँगा घडेरी सहित १७ कठ जग्गा छ । सिँचाईको प्रवन्ध नहुँदा मनग्य उब्जनी नहुनु मधेशको रोगै हो । यस्तैमा जेठी छोरीको विवाह हुँदा यो परिवारलाई ६ लाख ५० हजार रिण लाग्यो । रिण सदाउने एक मात्रै उपाय वैदेशिक रोजगार थियो । जेठो विनोद छुटिईसकेकाले कान्छो सञ्जयकै काँधमा रिणको बोझ आईलागेपछि विवाह गर्नसाथ फेरी डेढ लाख रिण काढेर सञ्जय हानियो मलेशिया तिर । सञ्जय मलेशिया गएको केहि महिनामै सञ्जयकी श्रीमती घरमा हेलाहोँचो ब्यवहार गरिएको भन्दै माईती गईन् र उतै बस्न थालिन् । विवश सञ्जय मलेशियाको कमाईले क्रमशः रिणहरु तिर्दै गयो । पहिलोपटक जाँदा ३ बर्षपछि घर आएको सञ्जय फेरी विदेशिनु पर्ने मजवुरी थियो । केही समय परिवार र ससुरालीमा विताएपछि फेरी मलेशिया फर्कियो र फेरी पनि तीन वर्ष बसेर साँवा ब्याज सहित करिव ८ लाख रिण तिरेर घर फर्कियो ।
आफ्नी श्रीमती आफ्नो आमावुवासँगै नबस्ने अड् िकसेपछि सञ्जयले अंश लिएर छुट्निे निर्णय गर्यो र अंश माग्यो । सञ्जयले अंश मागेपछि सुरु भएको विवाद धेरै पटकको पञ्चायत र छलफल हुँदै गएको शनिवार खुकुरी प्रहारमा परिणत भएको छ । यस अघि रिण तिरेपछि सञ्जयलाई अंश दिने भनेर उसको परिवारले सञ्जयलाई आश्वसन दिईएको थियो । तर आमाचाहीँको वैरी व्यवहारले कलह निम्तिएको हो ।
निकम्मा प्रहरी प्रशासन
मरणासन्न हुने गरि खुकुरी प्रहार गर्दा समेत प्रहरीले मञ्जुलाई पक्रिएर कारवाही अघि बढाएको छैन । स्रोतका अनुसार किसानपुर क्षेत्र समेत हेर्ने अधिकार पाएको प्रहरी चौकी किसानपुर १ भिष्म खड्काको नेतृत्वमा रहेको प्रहरी चौकीका पुलिसहरु न्याय निसाफ दिन भन्दा पनि उठ्तीपुठ्तीमा बढि सक्रिय हुने भएकाले यस घट्नामा पनि चौकीका प्रहरी प्रदिप कुशवाहले १० हजार नजराना लिएर यो केसको कार्वाही अघि नबढाएको बताईएको छ ।
 
प्रहरी जवान कुशवाहले ग्रावेल उद्योगहरुसँग मासिक १० हजार रुपैयाँका दरले नजराना उठाएर हाकिमहरुलाई समेत दिदै आएकाले समाजमा घटेका यस किसिमका जघन्य घट्नाहरु समेत पैसा लिएर ढाकछोप गर्ने गरेको स्थानियहरुको गुनासो छ ।
 
कोरोना सन्त्रासले विश्व आतकिंत बनिरहँदा सरकारले घोषणा गरेको लकडाउनका बेला बहिनीले दाईमाथी अंश विवादमा खुकुरी प्रहार गरेको यो घट्नाले समाजमा गंभिर प्रकृृतीका घट्नाहरु घट्नसक्ने तर्फ ईंगित गर्छ । लकडाउनका वेला कामविहिन वनेको समाजमा जुनसुकै वेला भिड जम्मा हुन सक्छ र सवैको ध्यान कोरोना केन्द्रित भईरहँदा त्यो भिड अराजक जत्थामा परिणत हुने संभावना प्रवल देखिन्छ । युवा अगुवा राजु महतो भन्छन् , मधेशका देहातहरुमा भिडतन्त्र हावि हुँदै जाँदा अपराधका घट्ना घट्न सक्ने तर्फ सरकार गंभिर हुनै पर्छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६