१ सय ५६ दलित, विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

  • प्रकाशित मितिः चैत्र २५, २०७६
  • मधेश स्पेशल
  • 1933 पटक पढिएको

रोहित कुमार मण्डल
लहान । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक गुजारा गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका –५ कुशहाका १ सय ५६ दलित, विपप्न तथा निसाहय घर परिवारका लागि नेपाल कम्युनिष्ट पार्टिका नेता तथा नेपाल सरकारका गृह मन्त्रालयका पूर्व सचिव डाक्टर शंकरलाल चौधरीले नेकपा स्थानिय नेता तथा कार्यक्रता बिन्दे मण्डलको रोबर तथा सुरुङ्गा नगर पालिका –६ श्रीपुरका वडा अध्यक्ष लिलाकान्त चौधरीको अगुवाईमा आज म्गलबार राहत स्वरुप खाधान्न सामग्री वितरण गरेका छन् ।
 
लामो समयको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित, विपप्न तथा अति निसाहय घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर भएकोले नेपाल कम्युनिष्ट पार्टिका नेता तथा नेपाल सरकारका पूर्व सचिव डाक्टर शंकरलाल चौधरीले राहत स्वरुप चामल १० के.जी., एक केजी नुन,दाल १ एक केजी, आलु १ केजी, खानेतेल ५०० ग्राम, माक्स १ थान, हात धुने साबुन १ थान लगायतका सामग्री वितरण गरेको राहत वितरणमा सहभागी सबल नेपालका स्पोन्सरसीप कार्यक्रम सहायक राजेश कुमार पासवानलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् ।
 
आज राहत सामग्री लिन नभ्याएकाहरुलाई भोली बुधबार बिहान ९ः०० बजेदेखि पुनः राहत वितरण गरिने सुरुङ्गा नगर पालिका –५ कुशहाका वडा सदस्य मोहम्द जाकिर हुसेनले जानकारी दिनुभयो ।
आज मंगलबारको राहत वितरणकार्य सप्तरीको सुरुङ्गा नगर पालिका– ५ कुशहा रामटोली, बनिगामा पासवान टोल, बनिगामा रामटोल, गहबर टोल कुशहा, कामतटोल कुशहालाई पहिलो प्राथमिकतामा राखेको राहत वितरणमा सहभागि भगवती पासवानले जानकारी दिनुभयो ।
 
सबल नेपालका प्रतिनिधि श्रवण कुमार पासवान, संचारकर्मी , समाजसेवी राम प्रसाद चौधरी, मोहम्द मन्जुर, बच्चकुन चौधरी, श्रीराम पासवानको रौहबरमा राहत सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६