तथ्यांकमा काेराेना भाइरस - COVID - 19

पाईपलाईन र ओभरट्यांक नहुँदा भएन सिँचाई

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • मधेश स्पेशल
  • 565 पटक पढिएको

राजेश कुमार सिंह ( राजु )
ढल्केवर / धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा विस बर्ष अघि निर्माण गरिएको वोरिंग पर्याप्त उपकरण र आवस्यक सामाग्रिको अभाव हुँदा सञ्चालनमा आउन सकेको छैन । वोरिंग सञ्चालनमा नआउँदा सिँचाई प्रभावित भएको छ ।
 
सिँचाई प्रभावित हुँदा किसान मर्कामा छन् । हरिहरपुरको ७० विघा उब्जनीयोग्य जमिन वोरिंग सञ्चालनमा नआउँदा सिँचाईविहिन बनेको छ ।
 
पूर्व प्रधानपञ्च भोला महतोका अनुसार मिथिला नगरपालिकाले प्रशस्त रकम उपलब्ध नगराउँदा वोरिंग सञ्चालनमा आउन नसकेको हो । गत अर्थिक बर्ष नगरपालिकासँग वोरिंग सञ्चालनका लागि २० लाख रकम माग गरेपनि नगरपालिकाले १० लाख मात्रै दियो , महतोले भने , पर्याप्त बजेट नहुँदा आवस्यक पाईपलाईन विस्तार र ओभरट्यांक बनाउन नसक्दा वोरिंग सञ्चालन हुन नसकेको हो ।
 
 
उक्त वोरिंग सञ्चालन गर्न भोला डिप ट्यूवेल जल उपभोक्ता समिती गठन गरेर मिथिला नगरपालिकासँग बजेट माग गर्दा १० लाख मात्रै पाईयो , उपभोक्ता समितीका अध्यक्ष समेत रहेका महतोले भने ।
नगरपालिकाले ५० लाख रकम उपलब्ध गराए यो वोरिंग पूर्णरुपमा सञ्चालनमा आउने स्थानियले बताए । हरिहरपुरका अधिकांस कृषीमा निर्भर छन् । सिँचाईको ब्यवस्था नहुँदा यहाँका किसान मर्कामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय

गुमस्ता कुमार यादव मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय : दफा १९३ :- तेजाब वा अन

सिरहाको लहानमा चोरी

प्रदिप सिंह लहान / सिरहाको लहान ३ डङ्गराहाटोलमा राति साढे १२ बजे चोरी भएको छ। लहान ३ का रासलाल सिंहको घरबाट

गाेइतको मृत्यु नभएर हत्या , सुखीपुरमा छानविनकाे मांग

ओम प्रकाश गुप्ता                                                   सुखीपुर । युवा इन्जि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६