सुखीपुरले छर्किन शुरु गरियो किटनासक औषधि

  • प्रकाशित मितिः चैत्र 26, 2076
  • रोयाण्टर मण्डल
  • 2205 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सुखीपुर नगरपालिकाले नगरका वडाहरुमा किटनासक औषधि छर्कन शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सुखीपुर नगरपालिकाले आज बुधवार देखि किटनासक औषधि छर्कन सुरु गरेको हो ।

 

अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नु अति आवश्यक भएकोले नगर बासिन्दाहरुलाई भाईरस बाट जोगिन किटनाशक औषधि छर्किने कार्य शुरु गरिएको नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले बताउनुभयो ।

प्रत्येक वडा अध्यक्षहरुलाई आ– आफनो ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुको नाम संकलन गर्न आदेश दिई सकेकोले नमावली आए लगतै राहत पनि वितरण हुने नगर प्रमुख यादवले बताउनुभयो ।

 

वडाको मुख्य बाटो र भित्री बाटोहरुमा औषधि छिर्कि रहेको र आज बुधवार सुखीपर नगरपालिका वडा नम्बर १ को सिबनगर गाउँबाट औषधि छर्कन शुरु भएको सुखीपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अन्देश्वर मण्डलले जानकारी गराउनुभयो ।

वहाँले थप्दै भन्नुभयो – विदेशबाट वडामा आएका छरछिमेकका छन् भने जानकारी दिन आग्रह गर्दछु । कोरोना संक्रमण बढ्न नदिन सफा पानी र साबुनले हात धुनका लागि प्रत्येक घर परिवारका लागि वडा अध्यक्षको सहकार्य एक परिवार एक सावुन वितरण भैसकेको छ । अहिले औषधि छर्कन र माक्स वितरण शिवनगरबाटै सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६