म विजय गुप्ता सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने हाल साउदीमा प्रवास जीवन विताउदै छु । अहिले कोरोनाको डर प्रवासमा नहुने कुरै छैन । कोरोनाबाट त म हात धोएरै भए पनि बचौंला । तर खै हिजो आज मनमा कोरोनासँगै अनेक कुराको डर लाग्न थालेको छ ।
कोही के भन्छन्, कोही के । कहिले सउदी सरकारले श्रमिकलाई तलब दिन्छ भन्ने खबर आउँछ । कहिले श्रमिक संख्या नै कटौती गर्छ रे भन्ने सुनिन्छ । मनमा डर लाग्न थालेको छ । मेरो पनि काम भएन भने परिवारको भविष्य के होला ? जिम्मेवारी मेरो काँधमा छ । बुवा बितेपछि दुखले जीवन विताउदै कमाउने भने साेचले प्रदेश अाएको हुँ । घरकाे एक्लो छोरो म ।आम्दानीको स्रोत पनि प्रदेश वाहेकाे विकल्प अर्को छैन । साना साना छोराछोरी छन् । उनीहरुको पढाइ लेखाइ मेरै यहाँको प्रदेशमै मेहन्तकाे पसिनाले चलेको छ । अस्ति समाचारमा पढें, यूएईले श्रमिक कटौतीको व्यवस्था गर्यो भनेर । अनि मलाई चिन्ता पर्यो ।
मेरो रोजगारदाताले पनि मलाई बेतलबी बिदा दियो वा काम नै बन्द भयो भने मैले के गरौंला ? छोराछोरीको जिम्मेवारी कसरी बहन गराैंला ? मेरो कारणले मेरो बालबच्चालाई दुःख भएको म कसरी हेर्न सकौंला ? मनमा अनेक कुरा खेल्छन् । काम गरिराख्दा पनि मनमा लाग्छ मलाई नै कोरोना सङ्क्रमण भयो भने के होला ? मन पटकै स्थिरमा छैन । पसलमा रासनको भाउ सोध्छु, तर्सन्छु । पुरै तलब खाएर सकियो भने घरमा के पठाउँला ? बालबच्चालाई केही कुराको कमी पो हुने हो कि जस्तो लाग्छ ।अनि श्रीमती या आमाले पैसा किन नपठाएको भनिन् भने के जवाफ दिउँला ? वहाँहरुलाई पनि त देशमै गाह्रो छ । दिनभरी काम गरेर थाकेको शरीर यस्तै कुरा सोच्दै टोलाउँछ । परदेशीलाई जसो गरे पनि गाह्रो रहेछ । मेराे नेपाल सरकारलाई अाग्रह छ म जस्ता युवालाई देशमै बाेलाएर काम देऊ । अाफनाे मेहन्तकाे पसिना देशमै बगाउन चाहन्छाै र तत्काल नै घर ल्याई दिन अनुराेध गर्दछु ।
(स्राेत :- विजय गुप्ताकाे कुराकानीमा अधारित)
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६