राहत वितरणमा भेदभाव भएकाे भन्दै डा अध्यक्ष कुटीए

  • प्रकाशित मितिः बैशाख 1, 2077
  • मधेश स्पेशल
  • 899 पटक पढिएको

इनरुवा । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्षलाई स्थानियहरुले कुटपिट गरेका छन ।

 

इनरुवा नगरपालिकाले वितरण गर्ने राहत लिएर इनरुवा ८ स्थित मुसहरी पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई लकडाउनबाट प्रभावितहरुले राहत वितरणमा भेदभाव गरेको भन्दै कुटपिट गरेका छन ।

 

घटनास्थलमा समाचार संकलनका लागी पुगेका पत्रकार अमर काफ्लेका अनुसार राहत वितरणको तयारी हुदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारै तर्फबाट घेरा हालेर लाती मुक्काले हिर्काएको बताए ।

 

वडाअध्यक्ष मण्डलले वर्णमाला दैनिक सगको कुराकानीमा आफुले राहत लिएर वस्तीमा आएपछि हुने खाने धनी मानीहरुले राहत मागेकाले गरिव अतिविपन्नलाई मात्र दिने बताएपछि केही मानिसहरुले हातपात गरेको बताए । स्थानियहरुले कुटपिट सुरु गरेपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागी प्रहरी पठाएपछि स्थित नियन्त्रणमा आएपनि दुईपक्षिय झडपको स्थिती रहेको स्थानियहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६