सीमामा भारतीय तस्करसंग झडप, एक प्रहरी जवान घाइते

  • प्रकाशित मितिः बैशाख 1, 2077
  • मधेश स्पेशल
  • 603 पटक पढिएको

राेयाण्टर मण्डल

लहान /    सीमामा खटिएका सुरक्षा बलले   भारतीय तस्करलाई  नेपाल प्रवेश गर्न रोकेपछि  नाकामा झडप भएको छ ।

 

 सिरहा नगरपालिका-१९ सोहर्वा स्थित नाकामा झडप भएको छ । झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने एक भारतीय तस्करका सहयाेगीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 

भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवले साइकलमा ५ पोका अबैध ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गर्न लागेपछि सीमामा खटिएका सुरक्षा बलले  प्रवेश गर्न नदिएर फर्काएका थिए ।  

 

तस्कर यादव फर्किएको केहीबेरमै महुलियाबाट १८/२० जनाको समूहमा आएका व्यक्तिहरुले दशगजामै अाएर   सीमामा खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएकाे सशस्त्र प्रहरी हेडक्वार्टर ७ नम्बर गणका प्रमुख एसपी प्रविण कँडेलले जानकारी दिनुभयाे ।

 

 जवानकाे उपचार सिरहा अस्पतालमा उपचार भइरहेको छ । तस्करसंग ढुंगा प्रहार गर्न अाएका भारत महुलियाका मोहनकुमार यादवलाई नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६