स्थानीय–प्रहरीवीच झडप,  ६-७ राउण्ड हवाई फायर

  • प्रकाशित मितिः बैशाख 1, 2077
  • मधेश स्पेशल
  • 1523 पटक पढिएको

सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नं. १७ पर्टेवामा लकडाउन निगरानी गर्न पुगेका बेला स्थानीय–प्रहरीवीच झडप भएको छ ।

 

सोमवार साँझ प्रहरीको टोलीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई कुटेपछि झड्प सुरु भएको हो । स्थानीयले प्रहरीको भ्यानमा ढुङामुढा गरेको र लट्टी पनि खोसेको छ । स्थानीयको ढुङामुढावाट जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरे लगायत चारजना घाईते भएको स्थानीयले बताए ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले प्रहरी टोलीमाथि ढुङामुढा भएकोले घेरा हालेर दोषी खोजिरहेको बताए । उनले भने, ‘प्रहरीलाई चोटपटक लागेको छ । अवस्था समान्य छ ।

 

जिल्ला प्रहरी कार्यालयवाट पुगेका प्रहरीको टोलीले अहिले झड्प स्थललाई घेरावन्दी गरेको छ । प्रहरीले ६-७ राउण्ड हवाई फायर गरेको आफुले सुनेको तर विस्तृत जानकारी नभएको सिरहा नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष महेन्द्र यादवले बताए । (स्रोत :- अपन दैनिक)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६