तथ्यांकमा काेराेना भाइरस - COVID - 19

ऐतिहाँसिक पतारि पाेखरि मेला काेराेना महामारीको कारण स्थगित

  • प्रकाशित मितिः बैशाख 3, 2077
  • मधेश स्पेशल
  • 696 पटक पढिएको

शिव कुमार शाह

लहान / १४ अा‌ैं शताब्दीदेखि प्रत्येक वर्ष जुर शितलकाे दिन गाउँ पालिका लक्ष्मीपुर पतारी वाडा न.४ मा लाग्ने पतारी पाेखरी मेला यस वर्ष विश्वमा फैलिएको काेराेना महामारीको कारण, अहिलेकाे अवस्थामा चलिरहेको लकडाउनलाई निरन्तरता लाई ध्यानमा राख्दै मेला स्थगित भएकाे छ । यस पाेखरिकाे इतिहास लामाे रहेकाे छ ।

 

याे पाेखरी पताल जस्तै निकै गहिरो भएकाेले यसकाे नाम पताल पाेखरिले भनेर चिनिन्थ्याे तर समय बितिदै जाँदा पछि अाएर यसलाई पतारी पाेखरी उच्चारण गर्न थाल्यो र साे ठाउँको नाम पनि पतारी रहन गयाे । याे ठाउँमा लाग्ने पतारी मेला हेर्न भारत,नेपाल लगायत विभिन्न देेशकाे पर्यटकहरु अाउने गर्छन् । यसमा नि:सन्तान महिलाहरु अाजकाे दिन पुजाकाे समयमा नुहाएपछि सन्तान हुने किमदन्ति रहेकाेले याे मेला अझ प्रख्यात भएको छ ।

 

१५अाैं शताब्दीकाे उतरार्दमा राजा शक्ति सिंह देवकाे दुई छाेरा जेष्ठ राम सिंह देव र कान्छो हरसिंग देव,शक्ति सिंह देव कुरुर स्वभावकाे रहेकोले निजलाई उसकाे प्रधानमन्त्री चन्देश्वर सिंह देवले सबैलाई भेला गरेर जेष्ठ पुत्र राम सिंह देव लाई राजा बन्न अनुराेध गरियो तर बुवा लाई हटाएर अाफु राजा हुन न चाहेपछि सबैले हरसिंग देव लाई राजा बनायाे हरसिंगले अाफ्नै पालामा पतारी पाेखरी खनायाे जुन पाेखरी साेही समयमा यश भेगकाे लागि प्रख्यात र नमुना पाेखरि भनेर चिनिन्थ्याे ।

 

बुवालाई राजावाट हटाएर भाईलाई राजा बनाएपछि दुखि भएर राम सिंह देवले अलगै बस्न थालियो जसकाे उदाहरण पतारी देखि पुर्व पश्चिममा राम नगर गाउँ रहेकाे छ । हरसिंग देवकाे मृत्यु भएपछि उसकाे छाेरा जगत सिंग,राम सिंगकाे छाेरा श्याम सिंग पछि १७ अाैं शताब्दीमा अाएर निजकाे पाेता (नाति) हृदय सिंग र माेति सिंगले साे पाेखरीमा हरसिंग देवकाे मुर्ति राखि यहि जुरसितलकाे दिन भब्य पुजा गरि सभाबाेलाएर मेला लगएकाे थियोे साेहि दिन देखि याे मेला लाग्दै अाईरहेकाे छ । तर यस वर्ष मात्र लागेन । यस पाेखरीलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन र पाेखरी लाई सा‌ैन्दर्य बनाउन गापा लक्ष्मीपुर पतारीका अध्यक्ष राम वलप साहले गापा वाट २०७४/०७५ मा २५ लाख २०७५/०७६ मा ८५ लाख र २०७६/०७७ मा २ कराेड ५० लाख वजेट विनयाेजन गरेपनि पुर्ण रुपमा कर्य हुनसकेकाे छैन यस अार्थिक वर्षको वजेट विनयाेजन भएपनि गापामा निकै दिन सम्म प्रशासकीय अधिकृत नभएको र कोराेना माहामारीले गर्दा हाल विकासको सबै कार्य बन्द रहेकाे र टेण्डर समेत खाेल्न नसकेकोले यस वर्ष थप पाेखरीकाे साैन्दर्य गर्न नसकेको कुरा गापा प्रशासकीय अधिकृत धनिक लाल यादवले जानकरी गराउनु भयाे । वहाँले थपनु भयाे यस मेलामा हजारौंको संख्यामा भक्तजनहरु अाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६