खुला सिमानामा अझै कडाई गर्नुपर्ने : सरत सिंह भण्डारी

  • प्रकाशित मितिः बैशाख ३, २०७७
  • मधेश स्पेशल
  • 983 पटक पढिएको

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारले बढाएको लकडाउनलाई स्वागत गरेको छ ।

साथै सो पार्टीले सीमा क्षेत्रमा अझै कडाई गर्न सरकारलाई सुझाव दिएको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा बढीरहेको हुनाले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने र त्यसका लागि व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्ने सुझाव दिनु भएको छ ।

यस्तो छ विज्ञप्तिः हिजो सरकारले वैशाख १५ गते सम्म वढाएको लक डाउनको समय सिमा सम्बन्धि निर्णय स्वागतयोग्य छ। तर यसलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण कुराहरुमा सरकारको ध्यान पुग्नु आवश्यक छ। १. लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ(आफ्नो जिल्ला तर्फ गैरहेका छ्न जस्ले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।

२.उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

३.छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।

४.देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ। अन्त्यमा आम जनसमुदायलाई यो महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्नु हुन सवैलाई हार्दिक अपील गर्दछौं । शरतसिंह भण्डारी संयोजक राष्ट्रिय जनता पार्टी नेपाल स्रोत :- सहारा टाइम्स )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६