कोरोना जंग जित्न सकारात्मक सोच सहयोगी भावना आवश्यक

  • प्रकाशित मितिः बैशाख 4, 2077
  • मधेश स्पेशल
  • 928 पटक पढिएको

जिवछ उदासी

बैशाख ३ गते विहानै नियमित नेपाली नेटवर्क सुन्दै थिए सधै झै आजपनि | ॠषि धमलाले जनता जान्न चाहन्छ कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँगको अन्तवार्तामा पहिलो प्रश्न नै तेर्साउनु भयो लहानमा गरिएको राहतवितरणमा कुहिएको चावल वितरण गरियो | व्यापक अनियमितता भयो धमलाको हमला सुनिदा लहानवासी भएकोले आखिर भयो के ? बुझ्ने प्रयत्न गर्न थाले | मनमा दुई थरीको प्रश्न उब्जिन थाल्यो | पहिलो प्रश्न राहतको नाममा कुहिएको चावल वितरण गर्नु त कुनै हालतमा उचित हुँदै भएन | अर्को प्रश्न लहान नगरपालिकाले चावल कुनै व्यापारिक गोदामबाट होइन्, लहान स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडबाट माप दण्ड पुगेको चावल खरिद गरेको हो | एक करोड तीस लाख रकम नगरपालिकाले राहत कोषमा राखेर अन्य व्यापारी समाजसेवी र उद्योपतिहरुबाट सहयोगको लागि समेत राहत कोषको खाता सार्वजानिक गरेको छ | यस कोषमा लहान उद्योग वाणिज्य संघ सिरहाले ५१ हजार ,समग्र जन उत्थान केन्द्र १५ हजार एन प्यवसन एक लाख ६ हजार ५ सय सहयोग भएको हो | यति जानकारी एक पत्रकारको नाताले मलाई थियो | म प्रेस संगठन आवद्ध पत्रकार भएपनि यतिवेला स्थानीय सरकारलाई सहयोग गरेर यो कोरोना महामारीको विपत्तिबाट जोगाउन आफूले पनि लहान नगरपालिकालाई सहयोग गर्नु पर्ने मुड बनाए | यहि गतिमा विभिन्न दलबाट निर्वाचित दलका प्रतिनिधिहरुसंग सकेजति समन्वय र सहयोगीको भूमिका पनि निर्वाह गरि रहे |

लहान नगरपालिकाले राहत वितरणको लागि नेकपाबाट निर्वाचित उपप्रमुख सरियार चौधरी वडाध्यक्षहरु क्मश; राजकुमार साह मन्टी मण्डल समाजवादी फोरमबाट राकेश रोशन गुप्ता विजय महतो नेपाली काँग्रेसबाट अरुण केसी र संयोजक रहनु भएको नगरप्रमुख मुनिसाहको सक्रियता र ४० जना नगरपालिका प्रहरीले २६ गतेबाट थालेको ८०१४ घरपरिवारको लागि राहत वितरण कार्यले गति लिइरहयो | कहिबाट राहतमा कुहिएको चावल दिइयो भने गुनासो आएन | एकाएक ३ गते नयाँ पत्रिकामा समाचार आयो मनिलाल विश्वकर्माले लेख्नु भएकोविपन्नलाई राहतमा कुहिएको चावल खाँदा पाखाला गयो भने शिर्षकमा | पत्रिकाको पहिलो पृष्ठमा महत्वकासाथ नगरप्रमुखको फोटो सहितको समाचार छापिएको थियो | वास्तविकता के हो ? झनै बुझ्न लागियौ केहि पत्रकारहरु | लहान ५ का लक्ष्मी मेस्तरको भनाई पनि थियो | उहाँसँग भेट्दा पत्रिकामा आएको भनाईबारे सोध्दा अाफूले केहि पनि भनेको छैन | राहतको चावल खाएको पनि छैन | नआफूलाई पाखाला गयो | यो षडयन्त्र भयो | मेरो नाम पत्रिकाले जोडेर मेरो चरित्र हत्या गरेको छ | लहान १५ नम्बरको वडाध्यक्ष तेज नारायण चौधरी २४ नम्बरका वडाध्यक्ष कमल देव यादवले पत्रिकामा आएको जस्तो कसैलाई पाखाला पनि गएको छैन | यी सबै निराधार बदनाम गराउने नीयतले पत्रिकामा छापियो |

 

यस्तो अवस्थामा जनप्रतिनिधिहरुले कसरी राहत वितरण गर्ने ठूलो समस्या भयो | अहोरात्र खटेर राहत वितरण गरियो धन्यवाद दिनु कता हो कता बदनामीको आरोप लागि हाल्यो | यता खाद्य व्वस्था तथा व्यापार कम्पनि लिमिटेड लहानका प्रमुख गंगा प्रसाद साहले विपन्नलाई राहतमा कुहिएको गन्हउने चावल शिर्षकको समाचारले ध्यान आकर्षण भएको भन्दै गतवर्ष २०७५ मा धान खरिद भइ धानबाट तयार भएको चावलको गुणस्तर तोकेको मापदण्ड अनुसार रहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६