मस्जिदमा लुकेर बसेका ८ जना भारतीयकाे काेराेना संक्रमण पाेजेटिभ नेपालमा एकैदिन १४ जनालाई काेराेना, संक्रमित संख्या ३० पुग्यो

  • प्रकाशित मितिः बैशाख 5, 2077
  • मधेश स्पेशल
  • 934 पटक पढिएको

सिरहा । नेपालमा शुक्रबार एकैदिन १४ जनामा काेराेना संक्रमण देखिएको छ । मुलुककाे विभिन्न ठाउँ थप १४ जनामा काेराेना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

याेसँगै मुलुकमा काेराेना संक्रमितकाे संख्या ३० पुगेको छ । कोरोना संक्रमितमध्ये त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ जना भारतीय हुन् भने ४ जना उदयपुरकै नेपाली रहेका बताइएकाे छ । मस्जिदमा लुकेर बसेका ८ जना भारतीयहरूको स्वाब परीक्षण गर्दा ८ जनाकै रिपाेर्ट पोजेटिभ पाइएको हो ।

 

भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचनाका आधारमा गत मंगलबार मस्जिद पुगेको सुरक्षाकर्मी तथा स्वस्थ्यकर्मीको टोलीले उनीहरूको स्वाब संकलन गरेको थियाे ।

 

त्यस्तै आजै चितवनकाे राप्ती नगरपालिकका आमा छोरामा पनि कोरोनाभाइरस संक्रमण पाेजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसअघि एकजना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६