२७ दिनपछि घर फर्किइन् फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती

  • प्रकाशित मितिः बैशाख 6, 2077
  • सन्जिब बगाले
  • 673 पटक पढिएको

फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्।

Prasiddhi Shrestha1
तस्वीर स्रोत: स्वास्थ्य मन्त्रालय

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले सेतोपाटीलाई बताए।

गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्।

Prasiddhi Shrestha2 2
तस्वीर स्रोत: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।
-सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६