धरान । छिमेकी जिल्ला उदयपुरमा कोरोनाको संक्रमण देखिए पछि धरान उपमहानगरपालिकामा बसेको सुरक्षा बैठकले सबै नाकाहरु बन्द गर्दै बाहिरबाट आउने तरकारी, खाद्यान्नहरुमा समेत रोक लगाउने निर्णय गरेको छ ।
शुक्रबार उदयपुरको भुल्केमा १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।
त्यसैले धरान उपमहानगरपालिकाको सुरक्षा समितीको बैठकले धरान प्रवेश गर्ने चारवटै नाकामा चेकजाँच कडाइ गर्ने र धरान भित्रिने खाद्यान्न तथा तरकारी लगायतको आयातलाई बन्द गर्ने निर्णय गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
उनका अनुसार बैठकले अनुमती पाएका धरानका ३ वटा डिपार्टमेन्ट स्टोर सहित कृषिजन्य उत्पादनको बजारीकरणका लागि होमडेलिभरी गर्नेहरुलाई छुट दिइएको छ ।
उनले भने, ‘तरकारी बजार, साना किराना पसलहरु बन्द हुन्छन्, बाहिर बाट आउने कुनै पनि वस्तुहरु प्रवेशमा रोक लगाइने छ ।’ बराहक्षेत्र, भरौल लगायतका स्थानहरु बाट आउने दुध पनि एउटै गाडिमा आए मात्रै प्रवेश दिइने, साइकल, मोटरसाइकलमा ल्याउनेलाई पनि रोक लगाएको उनको भनाई छ ।
बैठकले खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्न दिने पनि निर्णय गरेको छ ।
संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्ककताको लागि बैठक बसिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।
सुरक्षित रहनको लागि धरानबाट बाहिरबाट आउने तरकारी, दुधलाई लक गर्ने निर्णय गरिएको उनको भनाई छ । आन्तरिक उत्पादनहरुको बजारलाई पनि व्यवस्थीत गरिएको उनले बताइन् ।
-पूर्वी ब्युरोबाट
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६