तथ्यांकमा काेराेना भाइरस - COVID - 19

जनकपुर उपमहानगरपालिका वडा नं. ७ सील जनकपुरमा पैसा छर्दैं भाग्दै गरेकी महिलामध्ये एकजनामा मात्र पोजेटिभ

  • प्रकाशित मितिः बैशाख 6, 2077
  • मधेश स्पेशल
  • 444 पटक पढिएको

काठमाडौं । पक्राउ परेका पैसा फ्याल्ने महिलामा कोरोना परीक्षण देखिएपछि जनकपुर उपमहानगरपालिका वडा नं. ७ को आपत्तकालीन बैठक बसिरहेको छ ।


जनकपुरमा पैसा छर्दैं भाग्दै गरेकी महिला शनिवार पक्राउ परेकी हुन् । उनीहरुलाई यापीड डायगोनिष्टिक टेस्ट गराउँदा पोजेटिभ निस्केको छ । वडा नम्बर सात निवासी ती महिलाहरुलाई जाँच गर्दा पोजेटिभ देख्दा पुरै वडामा त्रास फैलिएको छ ।


त्यो अन्तर्गत जानकी टोललाई तत्काल सील गर्ने निर्णय भएको किशोर गुरुले बताए । ती महिलाहरु जानकी टोलमा बस्छिन् । भोली विहान ६ वजेदेखि जानकी टोललाई सेनिटाइजर गरि सिल गर्ने र यापीड जाँच तत्काल शुरु गर्ने निर्णय भएको सात नम्बर वडाका वडा अध्यक्ष जानकी राम साहले बताए ।


आरडीटीमा पोजेटिभ देखिएकी महिलाको श्रीमानको मृत्यु भइसकेको छ भने र छोरा वैदेशिक रोजगारमा रहेका छन् । ती महिलाका छोराले पठाएको रुपैयाँ आइएमइबाट ल्याएर फर्किदा बाटोमा पैसा झरेको र आफूहरुले ती पैसा नछरेको प्रहरीमा बयान दिएकी छिन् ।

प्रहरी श्रोतका अनुसार ती महिला केही दिन पहिले मात्र भारतको मधुवनीबाट फर्केकी हुन् । ती महिलाकी छोरी मधुवनीमा बस्छिन् । छोरीलाई भेटेर उनी फर्केका हुन् ।

प्रहरी श्रोत भन्छन्, दुईजना महिलामध्ये एकजनामा मात्र पोजेटिभ देखिएको हो । (स्रोत : रातोपाटी )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६