तथ्यांकमा काेराेना भाइरस - COVID - 19

प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्रेन्टाइनमा

  • प्रकाशित मितिः बैशाख 6, 2077
  • मधेश स्पेशल
  • 222 पटक पढिएको

उदयपुर / प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएपछि इटहरीका १४ वटा मस्जिदमा सिल गरिएको छ ।

संघीय सरकारको निर्देशनमा प्रहरीले संभावित संक्रमणबाट जोगिन केही समयका लागि ती मस्जिदहरुमा सिल गरेको हो । मस्जिदमा रहेकाहरुलाई इटहरी सरकारले निर्माण गरेको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

सिल गरिएका मस्जिदहरुमा प्रहरीले दैनिक रुपमा निगरानी गरिरहेको छ । मस्जिद सिल गरि खाली गराइएपछि इटहरी नगरका मुस्लिम समुदायका दाजुभाई दिदि बहिनीलाई केही समय आ आफ्नो घरमा प्रार्थनाका लागि इटहरी उपमहानगरले अनुरोध गरेको उपमेयर गौतमले बताइन् ।

उपमहानगरको अनुरोधलाई स्वीकार गरि मुस्लिम समुदायका सदस्यहरुले घर घरमै प्रार्थना थालेको उनले बताइन् । (स्रोत : नागरिक टाइम्स )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६