राहत मांग गर्दै नगरपालिकामा ढुंगामुढा

  • प्रकाशित मितिः बैशाख 7, 2077
  • मधेश स्पेशल
  • 1686 पटक पढिएको

रोयाण्टर मण्डल/ कृष्ण मोहन चौधरी/ हरिपति लाल कर्ण / ओम प्रकाश गुप्ता


लहान / राहत मांग गर्दै सिरहाको सुखीपुर नगरपालिकामा ढुंगामुढा प्रहार भएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ८ का विपन्न सामुदायलाई नगरपालिकाले हाल सम्म राहत वितरण नगरेको भन्दै नगरपालिका माथि आक्रोश पोख्दै ढुंगामुढा भएपछि लाखौ रुपैयाँ क्षति भएको छ ।

नगरपालिकाले हामीहरुको नागरिकताको प्रतिलिपी र भरपाई समेत गराएर पनि हाल सम्म राहत नदिएको र हाम्रो नामको राहत कागजमा वितरण गरेर रुपैयाँ भष्टाचार गरेकोले आफुले भरपाई गरेको राहत मांग गर्न नगरपालिकामा आएको जानकी देवी सदाले बताईन् ।

 

लक डाउनका कारण घरबाट निस्कन नपाएपछि खान पिनमा समेत समस्या हुने गरेता पनि नगरपालिकाले भरपाई बनाएर अहिले सम्म राहत दिएको छैन् । नगरपालिकाका जन प्रतिनिधी जनतालाई भुख लागेको बेलामा राहत नदिदा जनप्रतिनिधीको के काम वहाँहरुको गुनासो रहेको थियो ।

 

यता सुखीपुर नगरपालिकाले आफुहरु हाल सम्म राहत वितरण गरेका छैनौ । कुनै भरपाई बनाएका छैनौ । नगरपालिकामा जम्मा १० वटा वडा छन्् । जसमध्ये वडा नम्बर ४, ९ र १० को विपन्न तथा दैनिक जिवन यापन गर्नेहरुको नमावली मात्र आएकोले राहत वितरण गर्न सकेका छैनौ ।  हाम्रो नगरपालिकामा तीन महिना देखि प्रमुख प्रशासकीय अधिकृत समेत नरहेकोले आर्थिक कारोबारमा समस्या रहेको थियो तर पनि पसलहरुबाट उधारो साबुन र माक्स खरिद गरेर वितरण गरेको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।

 

उहाँले आजै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ज्यु पनि हाजिर हुनुभयो । सबै वडा सचिबहरुलाई बोलाएर पेश्की रकम उपलब्ध गराएर ५ दिन भित्र समाजिक सुरक्षा भत्ता र अन्य भत्ताहरु उपलब्ध गराउने छौ र राहत कोषमा जम्मा नगरपालिकाले ७२ लाख रुपैयाँ विनियोन गरेको हो । कोरोना भाइरसको महामारीको बेला घरमा बसेर सरकारको लक डाउनको पालनगरी महामारी फैलिन नदिन यहाँका केही नेता तथा अगुवाहरुले जनचेतना फैलाउनु भन्दा राहतको विषयमा भिड जम्मा गरेको र विवाद गर्नु दुखद भएको सुखीपुर नगरपालिकाका नगर प्रमुख यादवले आरोप लगाउनुभयो ।

यता आन्दोलनमा आएका नेताहरुलाई शोध्दा वहाँहरुले भन्नुभयो कसैको नेतृत्वमा आन्दोलन भएको होईन जनता स्वयम आएको जानकारी गराउनुभयो ।

त्यसै सम्बन्धमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतोलाई राहतको सम्बन्धमा कुराकानी गरौ भने मोवाईलमा फोन गर्दा फोन लागेन् ।

घटनापछि
प्रदेश सभा सदस्य सुनिता राम, नगर प्रमुख राम औतार यादव, संघीय समाजवादीका नेता विन्देश्वर पजियार, नेपाली कांग्रेका नेता तथा नगर सुधार समितिका संयोजक विपि भुवन यादव, राजापाका दौरिक चौधरी र तीन जना आन्दोलनरत महिलाको उपस्थितमा घटनाको विषयमा छलफल भएर नगर प्रमुख राम यादवले आन्दोलनरत महिलाहरु बसेको ठाउँमा गएर वडाको सर्व दलिय बैठकबाट वडा कार्यालयले लिष्ट पठाए पछि तुरुन्त राहत वितरण हुने घोषणा गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६