सुरुङ्गा नगरपालिकाले हालसम्म राहत वितरण नगर्दा विपप्न परिवारहरुको जिवन कष्टकर बन्दै

  • प्रकाशित मितिः बैशाख 8, 2077
  • मधेश स्पेशल
  • 722 पटक पढिएको

रोहित कुमार मण्डल
लहान । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाँउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका सप्तरीको सुरुङ्गा नगर पालिकाका दलित, विपप्न तथा निसाहय परिवारको दिनचर्या दिनप्रति दिन कष्टकर बन्दै गएको छ ।


नेपाल सरकारले दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका विप्पन तथा निसाहय परिवारहरुका लागि राहत वितरणको घोषणा गरे पनि आज शनिबार लकडाँउनको २६ औ दिन बितिसक्दा सम्म सुरुङ्गा नगर पालिकाका विपप्न तथा ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका परिवारहरुले हाल सम्म कुनै किसिमको नगर पालिकाबाट राहत पाउन सकेका छैन ।


नेपाल सरकारले गरिव विपप्न परिवारका लागी राहत वितरण घोषणा गरे पनि हाल सम्म समेत कुनै किसिमको राहत नपाएको सुरुङ्गा नगर पालिका –७ पोखरीया दलित बस्तिका ज्याला मजदुरी गरी ४ जनाका परिवार पाल्दै आएका जिवछ पासवानले गुनासो सुनाउनुभयो ।


उनले भने–जसो तसो एतिका दिनसम्म उधारो तथा सापटि गरी घरपरिवार चालायौ तर अब पसलेले पनि उधारो दिन मान्दैनन उनले दुखेसो सुनाउनुभयो ।


उनि मात्र हैन,यस्तै व्यथा तथा समस्याको सिकार भएका छन् दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका सप्तरीको सुरुङ्गा नगर पालिका– ५ कामतटोलका अतिविपप्न सुकदेव पासवान पनि दैनिक ज्याला मजदुरी गरी ७ जनाको परिवार पाल्दै आएका छन् ।


नेपाल सरकारले लामो सममयको लागि लकडाँउन गरेपछि उनको दैनिक ज्याल मजदुरी अहिले सम्म बन्द हुदा उनको परिवारको दैनिकी दिनप्रति दिन कष्टकर बन्दै गएको स्थानिय समाजसेवी जितेन्द्र कुमार पासवानलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन ।


तर लकडाँउनको २६ औ दिन बितिसक्दा सम्म नगर पालिकाले कुनै किसिमको राहत सामग्री उपल्बध नगराएको लकडाँउनको मार खेप्दै आएका कुशहाका माँगैन पासवानले बताए ।


उनले दैनिक ज्याला मजदुरी गरी ४ जनाका परिवार पाल्दै तथा दैनिक गुजारा गर्दै आएका पासवानले विवश्ता सुनाउनुभयो ।


विपप्न परिवारले हाल सम्म नगर पालिकाबाट कुनै किसिमको राहत नपाउदाँ उनिहरुको निराश बन्दै गएका छन् । तर नगर पालिकाले राहत वितरणमा कुनै किसिमको चासो नदेखाएको रोसन पासवाले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६