राजपा फुटाउन सरकारले सपना देखेर अध्यादेश ल्याएको : महतो समाजवादी पार्टी विभाजन हुँदैन : उपेन्द्र यादव

  • प्रकाशित मितिः बैशाख ९, २०७७
  • मधेश स्पेशल
  • 785 पटक पढिएको

सिरहा / राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलीका सदस्य राजेन्द्र महतोले राजपा फुटाउन सपना देखेर अध्यादेश ल्याएको लागेको बताउनुभयो ।

राजापा फुटाउन बाहिर शक्ति र सरकार लागिपरेको छ र यसमा हाम्रै पार्टीका केही नेताहरूसमेत सत्ताको लालचमा छन्, तर, राजपा विभाजन पनि हुँदैन सरकारमा पनि जाँदैन । राष्ट्रिय जनता पार्टी राजपाले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको महतोले आरोप लगाएको छ ।

सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै पार्टी फुटाउन सजिलो हुने गरी कानुन ल्याउने प्रक्रिया सुरु गरेपछि नेता राजेन्द्र महतोले यस्तो आरोप लगाएका हुन् ।

विद्यमान कानुनी व्यवस्थामा पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन चाहिन्छ । सरकारले सोमबार अध्यादेश जारी गर्ने तयारी गरेको कानुनमा संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए मात्रै दल फुटाएर नयाँ दल दर्ता गर्न पाइनेछ । यसको असर सबै राजनीतिक दलमा पर्ने र बहुदलीय प्रजातन्त्र धरापमा पर्ने महतोको तर्क छ । ‘अरूका लागि खाल्डो खन्ने प्रधानमन्त्री केपी ओली आफू पनि सोही खाल्डोमा फस्नेछन्,’ उनले मधेश स्पेशलसँग भने ।

महतोले राजपा नेपाल अहिले राजनीतिक विषयवस्तुभन्दा अहिलेको सङ्कटको घडीबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रित रहेको बताए । ‘राजपा नेपाल फुटेर एका पक्ष सरकारमा जाने भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा महतोले हल्ला साकार पार्न नदिने बताए ।

मुलुक सङ्कटमा रहेको अवस्थामा अध्यादेश कदम प्रधानमन्त्री ओलीको मानवताविरुद्धको अक्षम्य अपराध भएको पनि महतोले टिप्पणी गरे । ‘अहिले विश्वभर मानवहरू सङ्कटमा छन्, यस्तो अवस्थामा सत्ता बलियो बनाउने र सत्ता ढाल्दै मनमौजी गर्नको लागी यो अध्यादेश ल्याइएको छ, जनता खान नपाएर सडकमा ढलिरहेका छन्, ओली सरकार तमासा हेर्दै सत्ताको खेलो फड्कोमा छ,’ महतोले भने । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाली राजनीतिमा तरंग छाएको छ । कोरोना महामारीको समयमा सरकारको यो कमदलाई धेरैले बेमौसमी बाजाको संज्ञा दिएका छन् ।

समाजवादी पार्टी विभाजन हुँदैन : उपेन्द्र यादव

सिरहा / समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश आएपनि आफ्नो पार्टी विभाजन नहुने दाबी गरेका छन् ।

सरकारले दल विभाजन गर्न सहज बनाउने अध्यादेश ल्याएपछि यादवको उक्त प्रतिक्रिया आएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समाजवादी र राजपालाई विभाजन गर्न अध्यादेश आएको चर्चा रहेको छ ।

अध्यक्ष यादवले भने,‘सरकारले ल्याएको अध्यादेशले हाम्रो पार्टी विभाजन हुँदैन । उनीहरुले कुनै मनसाय राखेरै अध्यादेश ल्याएको हो । तर, त्यो समाजवादी पार्टीमा लागु हुने छैन ।’
कोरोना महामारीका बेला लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा सरकार लागेको प्रतिक्रिया उनले दिए ।

देशलाई तानाशाही व्यवस्थातिर लग्न खोजिएको यादवले आरोप लगाए । कुनै राजनीतिक दल विभाजन हुन चाहेमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत समर्थन पु¥याउनु पर्ने अध्यादेश सरकारले ल्याएको छ । जो राष्ट्रपतिबाट जारीसमेत भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६