लक्ष्मीपुर पतारीमा १ हजार ९ सय ८७ परिवारलाई राहत वितरण

  • प्रकाशित मितिः बैशाख 9, 2077
  • मधेश स्पेशल
  • 643 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / लक्ष्मीपुर पतारी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने १ हजार ९ सय ८७ विपन्न परिवारलार्ई राहत वितरण गरेको छ ।


लक्ष्मीपुर पतारी गाउँपालिकाले वडा नम्बर १ मा २ सय ६५, वडा नम्बर २ मा १ सय ५५ , वडा नम्बर ३ मा २ सय ५५ , वडा नम्बर ४ मा ४ सय ७० र वडा नम्बर ५ मा ३ सय २७ परिवारलाई प्रतिपरिवार २० किलोका दरले चामल र अन्य खाद्य सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादवले बताउनुभयो ।


लक्ष्मीपुर पतारी प्रमुख साहमाथी ...कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुर लागि लक्ष्मीपुर पतारी गाउँपालिका बोडको बैठक बाट सर्वसम्मतिबाट विपद व्यवस्थापन कोषका लागि २१ रकम विनयोजन गरेको थियो । प्रदेश सरकारवाट आएको १० लाख र गाउँपालिका बाट ११ लाख गरि जम्मा २१ लाख वरावरको राहत प्याकेज बनाएर प्रत्येक वाडामा ३ लाख ५० हजारको दरले रकम छुट्याएर वितरण गर्न लगाएको लक्ष्मीपुर गाउँपालिका अध्यक्षराम बल्लभ साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६