सखुवा नन्कारकटीमा राहतवितरण सुरु

  • प्रकाशित मितिः बैशाख 9, 2077
  • मधेश स्पेशल
  • 597 पटक पढिएको

जिवछ उदासी
लहान / सखुवानन्काककटि गाँउपालिकाले म़गलबार वर्षा रोकिए लगतै राहत वितरण सुरु गरेको छ |
 
गापा अध्यक्ष केदार नाथयादवका अनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्यकेजमा चावल १५ किलो,दाल २किलो,नुन १ किलो चिनी २ किलो तेल १लिटर २५० ग्राम मिक्स मसाला १ हयान्डवाश नहाउने लुगा धुने १ /१ सावुन रहेको छ | सखुवाको दुर्गम वडा १ नम्बाट सुरुगरिएको राहत वितरणको लागि कुपन लिँदै घरघरमा राहत पुरयाउने योजना रहेको छ | राहतको लागि तीन हजार गरी मजदुर परिवारको लागि ७५ लाख विनियोजन गरिएको हो |
 
यता लहान नगरपालिकाले पहिलो चरणको राहत १९ नम्बरमा बुधबार वितरण गरेर सम्पन्न गरिने नगरप्रमुख मुनि साहले जानकारी दिनु हुँदै प्रदेश सरकारवाट आएको १५ लाख रकम २४ वटै वडालाई बरावर रकम पर्ने गरी पठाउन लागेको जानकारी दिनुभयो |
 
यसैगरि लहान शाखाका जन स्वास्थ्य अधिकृत राम सुन्दर यदवले दिनु भएको जानकारी अनुसार लहन १२पडरियामा रहेको क्वाराइनटाइनमा रहेको १२ जना मध्ये १० जनाको RDT टेष्ट गर्दा १० जनाको नेगेटिभ आएकोले ६ जनालाई डिस्चार्ज गरिएको हो | क्वाराइनटाइनमा रहेका सबै भारतबाट आएका थियो |
 
नेगेटिभ रिपोर्ट आएका ४५ वर्षिय राजकुमार सदायको नातेदार वा नजिकका कोहिपनि सम्पर्कमा नआएकोले डिस्चार्ज गर्न नसकिएको अधिकृत यादवले जानकारी दिँदै मानसिक अवस्था सन्तुलन रहेको सदाय भगवानपुर ५ अभय नगरमा सासुरा र सप्तरी बोदेवर्साइनमा दिदी रहेको बताएको छ |
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६