तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सितापुर बजार खुला प्रहरी माैन

  • प्रकाशित मितिः बैशाख 12, 2077
  • मधेश स्पेशल
  • 388 पटक पढिएको

शिव कुमार साह

लहान । सिरहाको साबिक सितापुर गा बि स हाल लक्ष्मीपुर पतारी गाँउपालिका वाड न ६ मा बिगत २०३८ साल देखि हाल सम्म ह्प्ताको दुई दिन आइतबार र बिहीबार लाग्दै आई रहेको हाट बजार यहिले नेपाल लगायत विश्व नै लकडाउनमा रहेकाे बेला याे बजार दिनभरि खुला रहेपनि स्थानीय प्रशासन किन कडाइकाे साथ बन्द गराइ रहेको छैन।

 

स्थानीय प्रशासन माैन हुनुकाे कारण के हाे ? जसता प्रशन स्थानीय बुद्धिजीवीहरुमा चर्चा भईरहेकाे देखिन्छ ।

 

सो बजार यहिले दिनहु खुला रहेकोले वरिपरिका गाउँमा वसाेवास गर्नेहरु त्यही ठाउँमा गएर निर्धक साथ किनमेल गरिरहेकाे देखिन्छ ।

 

विश्व नै कोरोना भाइरसको कारण लकडाउनमा रहेको र नेपाल पनि उच्च जाेखिममा रहेकाेले यसमा सबै पक्षले पुर्ण जिम्मेवारीका साथ अा- अाफनाे तर्फबाट सबैले सतर्कता अपनाउनु पर्ने हुन्छ । हाम्रो छिमेकी जिल्ला उदयपुर सम्म काेराेनाकाे प्रकाेप देखा परिसकेको ले थप सतर्कता अपनाउनुकाे सट्टा हाट बजार खुला रहेपछि हाम्रो जिल्ला पनि संकटमा अाउन बेर लागदैन यसकाे निम्ति स्थानीय सरकार र हाट बजार समिति पनि चासो लिनु पर्छ ।

 

यसकाे सन्दर्भमा बजार ब्यवस्थापन समिकाे अध्यक्ष देवनारायण साह र वाडा अध्यक्ष राजेश्वर साह सँग साेधदा उहाँहरु भन्नू हुन्छ । हामीले स्थानीय प्रहरी प्रशासन समेतको अगुवाईमा जनचेतना दिदा पनि हाट बजार लगायत पसलमा हुने भिड भाडको अवस्था उतिकै रहेकाेछ । स्थानीय प्रशासनले जिम्मेवारीकाे साथ कडाइ गर्नुकाे सट्टा खुला छाेडेपछि दिनानु दिन बजारमा थप भिड भाड हुन लागेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६