शिपका धनि जितेन्द्रप्रसाद शर्मा

  • प्रकाशित मितिः बैशाख १५, २०७७
  • मधेश स्पेशल
  • 944 पटक पढिएको

धनुषा समाचारदाता

धनुषा / ४८ बर्षका भए धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका जितेन्द्रप्रसाद शर्मा । शर्माका परिचय अनेक छन् । साईकल देखि लिएर उनि सवैजसो मेशनरी सामान मात्रै बनाउँदैनन् । फर्निचरको काम पनि गर्छन् ।

खेति किसानी समेत गर्दै आएका उनको अर्को परिचर हो विकासप्रेमी । कुरा ४५ साल तिरको हो । स्कूल पढ्दै गर्दा आफ्नो ठूलो दाई विरेन्द्रप्रसाद शर्मासँग मिलेर साईकल बनाउने ग्यारेज हरिहरपुरस्थित आफ्नै घरमा खोले । ग्यारेज खोल्न उनिहरुले गरेको लगानी थियो ५० पैसा । साईकलको पम्पचर टाल्ने केही थान सुलेसन ५० पैसामा खरिद गरेर ग्यारेज सुरु गरेका थिए दुई भाईले । साईकल ग्यारेजमा प्रयोग हुने सनासो , पिलास , पम्प र रिञ्ची घरमै थियो । उनिहरुका पिता विश्वनाथप्रसाद साहले गाउँमा कुटानपिसानको मिल खोलेका थिए । त्यसैले उनिहरु दुवै भाई सानै देखी मेशिनरी कामसँग नजिक भए र सिके पनि । अनि ५ कक्षामा पढ्दै गरेका दाजुभाई साईकलको ग्यारेज खोलेर स्कूलबाट बचेको समयमा साईकल बनाउने गर्थे । उनिहरुले साईकलको ग्यारेज खोल्दा ढल्केवर , महेन्द्रनगर , नक्टाझिज कतैपनि साईकल ग्यारेज थिएनन् । ग्यारेजबाट दैनिक ५ सय रुपैयाँ सम्मको कारोवार गर्थे यि दाजुभाई ।

 

ग्यारेजको काम बढ्दै गएपछि जितेन्द्रप्रसादका दाई विरेन्द्रप्रसादले ढल्केवरमा ८ हजार लगानीमा साईकल ग्यारेज खोले । उनको दार्य विरेन्द्रको साइकल ग्यारेजबाट आम्दानी मनग्ये हुन थाल्यो । आफ्ना दुई भाई छोरालाई साईकल ग्यारेज कै आम्दानीले ईञ्जिनियर पढाईरहेकाछन् भने महोतरीमा डेढ विघा जग्गा किनेका छन् । त्यस्तै ढल्केवरमै तीन ठाउँमा घडेरी किनेर दुईतले पक्कि घर समेत बनाएकाछन् । जितेन्द्रप्रसादले भने हरिहरपुरस्थित पुख्र्यौली घर छाड्न सकेनन् । घरमै साईकल ग्यारेज त चलाईरहेका छन नै ईन्धनबाट चल्ने मेशिनहरु बनाउने उनि घरमै ट्याक्टर पनि बनाउने गर्छन् ।

 

घर छेउ मै फर्निचर उद्योग समेत चलाईरहेका उनि विकासप्रेमी भनेर समेत चिनिन्छन् । जितेन्द्रप्रसाद कै अगुवाईमा हालै हरिहरपुरमा हरिदास सामुदायिक भवन निर्माण भएको छ । तराई मधेश समृधिको २५ लाख आर्थिक सहयोग र अढाई लाख जनश्रमदानमा बनेको उक्त सामुदायिक भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष समेत रहेका जितेन्द्रप्रसाद कै अगुवाईमा गाउँमा बाटोघाटो र ग्रावेल पनि भएका छन् । विकासप्रेमी भएकै कारण गएको स्थानिय तहको चुनावमा उनले वडाध्यक्षको टिकट पाएका थिए । तर उनि चुनावमा उठेनन् । टेष्ट पास गरेका उनको दुई छोरीको विवाह भईसकेको छ भने एक छोरी र छोरा घरमै छन् ।

 

२०५० सालमा ललितादेविसँग मागी विवाह गरेका उनि मध्शमा रोगको रुपमा रहेको दहेज प्रथा विरोधी पनि हुन् । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो भन्छन् , बहुशिपका धनि जितेन्द्रप्रसाद शर्मा मिथिला नगरपालिकाका एक असाधरण प्रतिभा हुन् । नगरपालिकाले उनको शिपको पक्कै कदर गर्ने छ । जितेन्द्रप्रसादका पिता र छोरा अहिले पनि साईकल बनाउने काम गर्छन् , अर्थात घरमा रहेको साईकल ग्यारेज चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६