बरियारपट्टी गाउँपालिकामा राहत वितरण , १ करोड ६० लाख रुपैया विनियोजन

  • प्रकाशित मितिः बैशाख १५, २०७७
  • मधेश स्पेशल
  • 2443 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेका गाउँबासीलाई बरियारपट्टी गाउँपालिकाले राहत वितरण गर्न थालेको छ । गाउँपालिकाले अतिविपन्न, असाहय र मजदुरवर्गका नागरिकलाई राहत वितरण सुरु गरेको हो ।


बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले सोमबार देखि त्यस्ता व्यक्तिलाई राहत वितरण गरिएको वताए । गाउँपालिका अध्यक्ष महतोका अनुसार अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने कार्यक्रम रहेको छ ।
राहत लिनका लागि वडा–वडावाट लागत संकलन गरिएको र जनप्रतिनिधीको रोहवरमा खाद्यान्न सामाग्री वितरण भए रहेको गाउँपालिका अध्यक्ष महतो वताउनुभयो ।


राहत सामग्रीमा वडा नम्बर ४ मा ५ सय ५० अतिविपन्न, असाहय र मजदुरवर्गका नागरिकलाई राहत वितरण गरेको नविन कुमार यादवले बताउनुभयो । त्यस्तै वडा नम्बर ३ मा ६ सय ६३ घरघरधुरीमा राहत बितरण गरिएको वडा अध्यक्ष अन्नत लाल यादबले जानकारी गराउनुभयो ।


राहत सामग्रीमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस र परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमाचामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसासकीयअधिकृत अशोक कुमार सिंहले बताउनुभयो ।

वहाँ थप्दै भन्नुभयो– सामाजिक दुरी कायमगर्न शस्त्र प्रहरी बलकाप्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटाए वितरण गरिएको छ । प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारी र मजदुरी गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको छ । जसअनुसार गाउँपालिकाले सबै वडामा राहत वितरण गर्न लागेको हो गाउँपालिकाले वनाएको मापदण्ड अनुसार आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ ।


त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ । दैनिक ज्याला मजदुरीमा काम गर्ने परिवारलाई राहत वितरण गरिने छ । ( समाचार तयार पार्नेमा संजय विश्वकर्मा , महेश सिंह, कृष्ण मोहन चौधरी, हरिपति लाल कर्ण, मुकेश यादव र ओम प्रकाश गुप्ता रहेको छ । )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६