तथ्यांकमा काेराेना भाइरस - COVID - 19

युवा नेताले गरे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६० थान पिपिइ सहयोग

  • प्रकाशित मितिः बैशाख 16, 2077
  • मधेश स्पेशल
  • 646 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ बस्ने नेपाली कांग्रेसका युवा नेता मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराएको छ ।

 

 

पिपिईको अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेको र सुरक्षाकर्मीहरु पनि सुरक्षा दिन गस्ती जान डराउदै लागदै खबर आएपछि वहाँले ब्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ वितरण गरेको छ ।

 

सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको स्वास्थ्य चौकी सुखीपुरलाई पिपिई १० थान, वडा नम्बर १ स्थित रहेको स्वास्थ्य चौकी मोहनपुर कमलपुरलाई पिपिई १० थान, माक्स ८ थान , क्याप ८ थान, ईलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिई २ थान, माक्स ५ थान , सशस्त्र बेश क्याम्प सुखीपुरलाई पिपिई २ थान, माक्स ५ थान र ईलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिई ५ थान, माक्स १० थान , क्याप ५ थान वितरण गरे हो ।

 

कोभिड–१९ को महामारीको अवस्थामा स्वास्थ्य चौकीमा आउने सबैखाले बिरामीले सहजरूपमा सेवा पाउन् र जनतालाई शान्ति सुरक्षा दिन कठिन नहोस् भन्ने उद्देश्यले सहयोग गरेकोे छ ।

 

 

सामान्य रुघाखोकी र ज्वरो आएर अस्पताल आउँदा पनि स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गर्न नमानेको खबरहरु आइरहेका हुन्छन्,’ वहाँले भने, ’सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च भई बिरामीको स्वास्थ्य परीक्षणमा सहयोगी बन्ने । त्यस्तै सुरक्षाकर्मीले पनि गस्तीमा गएपछि कोरोना डर नभएर सुरक्षा दिन मनोबल बढने विश्वास लिएका छौँ ’ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ९२ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ९२ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६