तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा जंगली निल गाई र बँदेलको आतंक, किसानहरु रातभर जाग्राम

  • प्रकाशित मितिः बैशाख 17, 2077
  • रोयाण्टर मण्डल
  • 565 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / जंगली निल गाई र बँदेलले सिरहाको सुखीपुरमा आतंक मच्चाउन थालेको छ । सुखीपुर नगरपालिाका वडा नम्बर १०, ६ र ५ लगायतका किसानले लगाएको तरकारी र मशालाबाली नष्ट गर्न थालेको हो ।

खेतमा लगाएको तरकारी, दलहन र मशालाबाली निल गाई र बँदेलले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

निल गाई र बँदेलले बाली नष्ट गर्नुका साथै आतंक मच्चाउन थालेको सुखीपुर नगरपालिका वडा नम्बर १० बस्ने स्थानिय बासिन्दा किसान मेदी लाल महतोले बताए ।

यसले गर्दा तरकारी, दलहन र मशालाबाली यस क्षेत्रमा उत्पादनमा कमी आउने र दैन चर्यामा किसानहरुको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् ।

उनले भने ‘ जंगली निल गाई र बँदेल भगाउन आफुहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता आईपरेको छ । मेहन्तले लगाएको बाली बदेंलले नष्ट गर्न थालेको छ । बाली जोगाउनको लागी यहाँका किसानहरु रातभर जग्राम बस्न बाध्य भएका छन् । आफुहरु कमै जोगाउन तथा नील गाई र बँदेल धपाउन रातभर जाग्राम बसिरहेका छौ ।’

साँझ बिहानको हातमुख जोर्नको लागि लगाएको तरकारी, दलहान र मशाला बाली जंगली जनावरको कारण किसानहरुके भोगमरीको चपेटामा पर्ने चिन्ता किसानहरुलाई भएको छ । अन्य आयआर्जनका स्रोत नभएका किसानहरु निकै मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय

गुमस्ता कुमार यादव मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय : दफा १९३ :- तेजाब वा अन

सिरहाको लहानमा चोरी

प्रदिप सिंह लहान / सिरहाको लहान ३ डङ्गराहाटोलमा राति साढे १२ बजे चोरी भएको छ। लहान ३ का रासलाल सिंहको घरबाट

गाेइतको मृत्यु नभएर हत्या , सुखीपुरमा छानविनकाे मांग

ओम प्रकाश गुप्ता                                                   सुखीपुर । युवा इन्जि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६