तथ्यांकमा काेराेना भाइरस - COVID - 19

राहतको लागि वडा कार्यालयममा ढुंगामुढा

  • प्रकाशित मितिः बैशाख 21, 2077
  • रोयाण्टर मण्डल
  • 1021 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / लकडाउनकै कारण प्रभावित भएका विपन्नहरुलाई राहत वितरण गर्नेबेलामै वडा कार्यालयममा ढुंगामुढा भएको छ ।
सुखीपुर नगरपालिकाका वडा नम्बर २ छजनामा सोसर दुरी गोलो घेरा बनाई  राहत वितरण गर्दै गरेको बेला आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा गरेको हो ।

५ विग्हा जग्गा र सरकारी जागिर समेत रहेकालाई राहत दिने तर सो भन्दा गरिबलाई राहत नदिई कुन कानुन हो । आसेपासेको नाम मात्रै दिएकोले घटना घट्न गएको जनता समाजवादी पार्टीका स्थानीय युवा नेता शुभाष यादवले बताउनुभयो ।

वहाँले थप्दै भन्नुभयो – वडा अध्यक्षले आफनो मनोमानी ढंगले विपन्नहरुको नमावली संकलन गरेर वितरण गरी रहेको थियो । सर्वदलीयबाट चयन भएका विपन्नहरुहरुको नाम काटछाट समेत भएको छ ।

सर्व दलीय बैठकबाट आएकाहरुलाई नै राहत दिदै थिए । बैठक निर्णयमा सबैजना मिलेर नै सही छाप गरी चयन गरियौ तर आज राहत वितरण गर्ने बेलामा पनि सर्व दलीय प्रतिनिधीको रोहवरमै सोसल दुरी कायमगरी विरतरण हुदै थियो । तर गाउँका केही आफुलाई नेता भन्नेहरुले गलत राजनिती गरेर उचाईका लागि दुखको घडीमा यस्ता घिनौना कार्य गरेकोले दुखित छु । दुखको बेला राजनिती गरेकै कारण आज सबै विपन्न राहत पाउन सकेन । नेम लिष्टमा रहेकालाई पछि राहत वितरण गर्ने सुखीपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भुपनेश्वर यादवले बताउनुभयो ।

कुनै आसेपासेलाई राहत वितरण भएको छैन् । सर्वदलीय बैठकबाट आएका नमाबलीलाई नै कर्याव्ययन गरायो । राहतको लागि धेरै नाम आयो तर जम्मा ३ सय ५० जनाको नाम लिष्टमा निर्णय भयो । जनताको दुखको बेला नाटक प्रदर्शनगरी रमाउनेहरु यस्ता कार्य गरेर नै मेयर र अध्यक्ष बन्न खोजेको हो । त्यो दिवा सपन हुने नेपाली काग्रेसका युवा नेता दिप यादवले बताउनुभयो ।

ढुंगामुढा भए पछि माहुललाई शान्त पार्न प्रहरीलेले लाठी चार्ज गरेको थियो । लाठी चार्ज गरेर नै शान्त बनायौ । अध्यक्ष यादवलाई स्थानीय संजय कुमार यादवले बचाउन खोज्दा आन्दोलकारीको ढुंगा लागेर टाउकोमा चोट लागेर फुटेको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई राम कुमार यादवले जानकारी गराउनुभयो ।

प्रहरीको लाठी चार्जबाट दजर्नौ जना समान्य घाईते भएको छ ।  अध्यक्ष यादव नेपाली काँग्रेसको टिकटबाट सुखीपुर नगरपालिकामा वडा नम्बर २ मा निर्वाचित हुनुभएको हो ।

 

आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन

रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ९२ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ९२ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६