रोयाण्टर मण्डल
लहान । कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि सुखीपुर निशुल्क खाना (भोजन) अभियान नै सुरु भएको छ ।
नगर सुधार समिति न.पा. सुखीपुरले पनि ३ दिनदेखि दिनको छाक सुखीपुर नगरपालिका वडा नम्बर २ र १० मा खाना निः शुल्क खुवाउन थालेको छ ।
निः शुल्क भोजन कार्यक्रमका संयोजक तथा नगर सुधार समितिका अध्यक्ष विपि भुवन यादवले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस् भनेर निःशुल्क भोजन खुवाउन थालिएको बताए ।
‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने उद्देश्यले निः शुल्क भोजन दान कार्यक्रम सुरु गरिएको हो, सुरुको दिनमा डेढ सय जनाले भोजन ग्रहण गरेकोमा त्यो अहिले बढेर साढे ५ सय पुगेको छ,’यादवले मधेश स्पेशलसँग भने । सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी खाना बनाउने काम र खुवाउने कार्य भए रहेको छ । वडा नम्बर १० बल्ही नगुर्वामा स्थित संचालन गरेको भोजन स्थलमा बढी दलित समुदायका मानिस खान आउने गरेका छन् ।
अध्यक्ष यादवले दाल,भात,तरकारी र अचार गरेर निशुल्क रुपमा पेटभर खुवाउने व्यवस्था गरेको हो । समितिले यसलाई २५ गते सम्म योजना बनाएको जनाएको छ ।
सुरुमा सुखीपुर व्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीको सहकार्यमा स्थानीय ब्यपारीको सहयोगमा ब्यपार संघको परिसरमा बिपन्न परिवारलाई राहत दिने उद्देश्यले सुरु गरिएको निः शुल्क भोजनको प्रभावले अन्य ठाउँहरुमा पनि अहिले निशुल्क भोजनको खुवाउने अभियान नै भएका छन् ।
त्यसैगरी, बैशाख १७ गते देखि सुखीपुर ब्यपार समिति सुखीपुरको अध्यक्ष शत्रुधन प्रसाद चौधरी सहकार्यमा ब्यपारीहरुको सामुहिक सहयोगमा बिहानको निःशुल्क भोजन , बैशाख १८ गते देखि प्रदेश नम्बर २ प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तवले विहान र रातीको लागि निःशुल्क भोजन, २ दिन देखि सुखीपुर नगरपालिकाका वडा नम्बर ३ का जनता समाजवादी पार्टीका युवा नेता हरेराम यादवले निःशुल्क खाना खुवाउदै आएको छ ।
सुखीपुरमा अहिले विपन्नहरुका लागि खाना खुवाउने अभियान नै भएको छ । अहिले सुखीपुर नगरपालिका वडा नम्बर ८ मा ब्यापर समितिको आयोजनामा ब्यपार समितिको परिसरमा र सभासद श्रीवास्तवको ब्यक्तिगत लगानीमा रामजानकी मन्दिरको परिसरमा , नगर सुधार समितिको आयोजनामा वडा नम्बर २ छजना चौक र वडा नम्बर १० लगुडवा बल्ही , युवा नेता हरेराम यादवले ब्यक्तिगत आर्थिक लगानीमा वडा नम्बर ३ कुशहामा निःशुल्क खाना खुवाउदै आएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा रहेका विरामी नृत्य गर्दै
आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा
सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन
रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६