प्रदेश सरकारले दास्राे चरणकाे राहत वितरण गर्दै

  • प्रकाशित मितिः बैशाख 24, 2077
  • मधेश स्पेशल
  • 863 पटक पढिएको

जनकपुरधाम । लकडाउनको अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि प्रदेश २ को सरकारले दोस्रो चरणको राहत विरतण गरिरहेको छ ।

 

लकडाउन लम्बिएपछि मजदूर तथा विपन्न परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण सुरु गरेको हो ।

 

प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको तर्फबाट दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट मन्त्री रामनरेश रायद्वारा औपचारिक प्रारम्भ गरिएको थियो ।

 

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको आयोजनामा वडा नं.७ स्थित १०५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

 

प्रदेश सरकारले मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस लगायतका राहत सामग्री वितरण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिएका छन् । प्रदेशवासीको हरेक सुखदुखमा प्रदेश सरकार साथ रहने प्रतिबद्धता जनाउँदे राज्यमन्त्रीले आगामी दिनमा पनि राहत तथा उद्धारमा लागिरहेका बताएका छन् । सभार - Madheshvani

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६