रोयाण्टर मण्डल
लहान (सिरहा) । सुखीपुर नगरपालिका ८ का ब्यपारी र समाजसेवीहरुले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क भोजनको कार्यक्रमको आज अन्तिम दिन साविक सुखीपुर गाविसको अध्यक्ष तथा समाजसेवी लक्ष्मण चौधरीले निःशुल्क भोजन खुवाएर कार्यक्रम सम्पन्न रुप दिनु भएको छ ।
सुखीपुर ब्यपार समितिको आयोजनामा आयोजित निःशुल्क भोजनको आज समाजवेवी चौधरीको अन्तिम भोजनमा लक डाउनबाट प्रभावितहरुलाई पोषणयुक्त खाना खुवाएर सम्पन्न भएपछि विपन्नहरु खुशिले गदगद भएका छन् ।
ब्यपार समितिले आफनै भवनको परिसरमा ९ दिन देखि सुखीपुरका ब्यपारी र समाजसेवीहरुलाई सामुहिक सहयोगमा निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले जानकारी गराउनुभयो ।
वहाँले निःशुल्क भोजनमा भोजनको आर्थिक लगानी गर्ने ब्यापरी तथा समाजसेवीहरुमा आउने दिनमा पनि ब्यपार समितिले गर्ने कार्यमा सहयोग गर्नुहुने र विश्व महामारीको समयमा ब्यपार समितिको अहवानमा निःशुल्क भोजनको पुन्य कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
निःशुल्क खाना खुवाउने दाताहरुमा क्रमश ः बैशाख १७ कामेश्वर प्रसाद चौधरी ,१८ गते कृष्णा पुर्वे , १९ गते राज कुमार गुप्ता, २० गते भान्जा होटेल र राकेश साह, २१ गते प्रवीण कुमार महतो, २२ गते केशव प्रसाद चौधरी र छोरी कविता चौधरी, २३ गते किशोरी प्रसाद चौधरी र शत्रुधन प्रसाद चौधरी , २४ गते उमा प्रसाद चौधरी र आज अन्तिम दिन बैशाख २५ गते लक्ष्मण चौधरीले निःशुल्क भोजन खुवाएर कार्यक्रम सम्पन्न रुप दिनु भएको सहकर्मी रतनेश चौधरीले जानकारी गराउनुभयो ।
सहकर्मीका अनुसार विश्व महामारी कोभिड १९ कोरोना भाइरसले गर्दा लक डाउनबाट प्रभावित १५ सय देखि २ हजार जना प्रत्येक दिन विपन्नहरु खाना खुवाउदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६