रोयाण्टर मण्डल
लहान । राहत लिनेहरुमा पार्टीका कार्यकता र धनि ब्यक्तीहरुको नाम समाबेश भएकोले राहत वितरणमा विहीवार विवाद भएको छ ।
सुखीपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट राहत वितरण हुदै थियो तर विपन्नहरुलाई राहत लिने नेम लिष्टमा नरहेर धनिहरुको नाम समावेश गरेर विरतरण गर्दै आएकोले स्थानीय युवाहरुले तत्काल राहत रोकन भने पछि वडा कार्यालयमा विवाद भएपछि राहत वितरण कार्यक्रम रोकिएको छ ।
राहत लिन वडा कार्यालय परिसरमा पुगेका स्थानीयले वडाध्यक्ष विजय करण दासले वास्तवमा विपन्न र खान नपाएका व्यक्तिहरुलाई उपेक्षा गरेर आफ्नो नजिकको व्यक्ति र नेता कार्यकर्तालाई मात्र राहत बाँडेको आरोप लगाउँदै हो हल्ला गरेका थिए ।
राहत वितरणको क्रममा त्रुटि भएको भन्दै सुखिपुर नगरपालिका ३ कुसहा लक्ष्मीनियाका युवा नेता गुमस्ता कुमार यादव, सुरेन्द्र (सुरेन) प्रसाद यादव लगायतका युवाले वितरण गर्न रोक लगाएर धनिहरुको नाम हटाई छुटेका विपन्नहरुको नाम समाबेश गर्न भन्दा विबाद भएपछि राहत कार्यक्रम रोकिएको छ ।
रोक लगाउनुको कारण राहत पाउने गरिब बिपन्न वर्ग बाहेक पार्टीका कर्याकर्ता र धनीहरुलाई राहत वितरण गरेको खबर पाए लगतै राहत वितरण कार्यक्रम तत्कालका लागि रोक्न लगाएको युवा नेता गुमस्ता यादवले बताउनुभयो ।
बिवाद भएपछि राहतको लागि नेम लिष्ट तयार पार्ने प्रतिनिधीहरु संग छलफल भएर मात्रै राहत वितरण गर्ने तत्कालै सहमती भएपछि विवाद मिलाईएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जानकारी गराउनुभयो ।
यता वडाध्यक्ष दास आफुले राहत वितरणमा कुनै किसिमको पक्षपात नगरेको दाबी गर्नुभयो ।
वहाँले भन्नुभयो ,‘मैले सबै पार्टीको प्रतिनिधीहरुलाई बैठक बसाई नेम लिष्ट तयार गरेका छौ । नेम लिष्ट भएकाहरुलाई राहत वितरण गरि रहेको छु । राहत वितरण कार्यक्रममा रोक भन्दै नराम्रो गालीहरु समेत दिएकोले तत्कालको लागि वितरण कार्यक्रम रोकिएका छौ । करिब एक सय परिवारलाई राहत वितरण भैसकेको छ । सर्वदलीय निर्णय भएकाहरुलाई मात्रै दिने गरेछौ । आफ्नो वडाका सबै गरिब र विपन्न परिवारका व्यक्तिहरुको नाम संकलन गरेको छु, कसैलाई छुटाएको छैन, तर एक–दुईजनाले ममाथि गलत आरोप लगाएका छन् ।’
सुखीपुर नगरपालिका वडा नम्बर ३ को ९ सय ७ घरधुरीमध्ये ५ सय ११ जनालाई प्रति परिवार २५ किलो चामल, १ किलो नुन वितरण गरिने वहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६