सामाजिक सुरक्षा र अपांग भत्ता घर घरमा पुगेर बितरण गरिदै 

  • प्रकाशित मितिः बैशाख 27, 2077
  • मधेश स्पेशल
  • 1085 पटक पढिएको

शिव कुमार शाह
लहान  । यहिले काेराेना भाईरसकाे कारण बिश्वमा महामारी फैलिरहेकाे बेला मानिसको जन जीवन दिनानुदिन कष्टकरमा रहेकाे अवस्थामा पिडितहरुलाई सेवादिनका लागि सिरहाको गाउँपालिका लक्ष्मीपुर पत्तारीमा पहिलो चरणको राहत वितरणमा द‌ैनिक मजदुरी,गरिव र दलितका लागि वडा नम्बर १ देखि ६ सम्ममा प्रती वाडा ३ लाख ५० हजार गरि जम्मा २१ लाख वराबरको राहत समाग्री वितरण गरेको कुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादबले जानकारी दिनुभएको छ ।
 
 
जसमा गाउँपालिकाको १ हजार ९ सय ४० घरधुरीमा राहत बितरण गरेकाे थियो । प्रत्येक वडाका लागी बिनियोजन गरेको बजेट वाट राहत सामग्री खरिद गर्न वडा अध्यक्षको जिम्मा लगाईएको थियो । घरधुरीको हिसाबले वडा अध्यक्ष, सचिब र राजनीति दलका प्रतिनिधिहरुका राेहवरमा चामल, दाल, नुन,अालु, तेल र साबुन लगायतका राहत सामग्री वितरण गरेको वडा नम्बर १ काे वडा अध्यक्ष मनिकलाल यादबले जनाए ।
 
 
यसैबिच कोरोना महामारी लाई ध्यानमा राखदै र नेपाल सरकारले जारी गरेको लकडाउन लाई प्रभाबकारी रुपमा पालना गराउने उदेश्यले गाउँपालिकाका सबै वाड अध्यक्षहरु घर –घरमा गई जनचेतना दिईरहेको कुरा वाडा न ६ काे वाडा अध्यक्ष राजेश्वर सहाले बताएका छन । लकडाउनलाई पुर्ण रुपमा पालना गराउने उदेश्यले एक चाेटिकाे लागि करिव ०२ करोड ४४ लाख बराबरको समाजिक सुरक्षा भत्ता र अपांग भत्ता वाडा न एक देखि ६ सम्म घर घरमा गएर वितरण गरिरहेका छन् । गापाका अार्थिक प्रशासकिय अधिकृत नरेश कामैत भन्नू हुन्छ लक डाउनमा सबैलाई बैंकमा जान कठिनाइ र बैंकमा भिड भाड हुने भएकोले सेवाग्राहीलाई समस्या पर्ने भएको हुँदा काेराेना माहामारी र जनताकाे स्वास्थलाई मध्यनजर राख्दै घर घरमा गएर समाजिक सुरक्ष भत्ता र अपांग भत्ता बाँडने ब्यवस्था मिलाएकाे छु । गापा लक्ष्मीपुर पतारी वाडा न ४ बस्ने जेष्ठ नागरिक पाराे धानुक,सुकाय दास र कागती मण्डल भन्नु हुन्छ यस्तो अार्थिक संकट र लकडाउनकाे अवस्थामा हामीले घरमै बसेर सुविधा पएकाेले खुशी भएको छु ।
 
 
गाउँपालिका अध्यक्ष राम वलप साह भन्नू हुन्छ पहिलो चरणको राहत बितरण गर्दा समाज वाट अाएकाे केही गुनासो र सुझाबहरुलाई ध्यानमा राखि दोस्रो चरणको राहत बितरणका लागी वाडा अध्यक्षहरु संग छलफल गरि असली गरिव,मजदुर,दैनिक ज्यालादारी लाई पहिचान गरि नामाबली छनाेट गरेर दोस्रो चरणको राहत बितरण गरिने र पहिलो चरणकाे राहत वितरणमा छुटेका मजदुर,गरिवहरुलाई दोस्रो चरणको राहत बितरणमा समेटिने जनाउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६