रोजगारी नपाएर वियोगमा परेका विपन्नहरुको घरमा चुल्हो नबल्ने अवस्था आउन थालेपछि वहाँले यो अभियान थालेको थियो । वहाँको यस कार्यले विपन्नहरुले अशिर्वाद समेत दिनुभएको छ । गरिबको नेता नेता श्रीवास्तव उपमा समेत दिन थालेका छन् ।
रोयाण्टर मण्डल
सिरहा । प्रदेश नम्बर २ को प्रदेश सभा सदस्य (सांसद) मदन सेन प्रसाद श्रीवास्तवको आयोजनमा कोरोना भाईरसको कारण नेपाल सरकारले घोषणा गरेको लक डाउनको प्रभावमा सबभन्दा बढी प्रभावित भएका विपन्नवर्गहरुलाई खुवाउदै आएको निःशुल्क भोजन कार्यक्रम आज सम्पन्न भएको छ ।
सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रामजानकी मन्दिरको परिसरमा बिहीवार र धनगढीमाई नगरपालिका स्थित प्राकृतीक अस्पताल धनगढीमाई बजारमा संचालन रहेको निःशुल्क भोजन कार्यक्रम आज शनिवार सम्पन्न भएको छ ।
प्रदेश सभा सदस्य श्रीवास्तवले आफुलाई सिरहा जिल्लामै सबैभन्दा बढी मत दिएर विजय गराएको जनता भोखो नबसोस् भनेर आफनो ब्यक्ति गत खर्चमा भोजन गराएकोले खुशि भएको बताउनुभयो ।
वहाँले भन्नुभयो – स्थानीय सरकारले पनि यस प्रकारको कार्य टोल टोलमा गर्नु पर्ने देखिन्छ । तर स्थानीय सरकार प्रमुखहरु आफु मालिक र जनता नोकर सम्झेको कारण जनताको मनोभाव नसम्झेर नराम्रो कार्यहरु गर्दै आएको प्रति दुखित छु । अहिले लाखौ लाख रुपैयाँको राहतको लागि बजेट विनियोजन गरेको छ तर विपन्नहरुले पाउने राहत धनीको घरमा पुगने गरेको छ । त्यसैले विपन्नहरुका लागि यस प्रकारको कार्यक्रम गरे भोख लागेकाहरु मात्रै आउने धनिहरु नपाउने भएको बजेटको सदुपयोग विपन्नमा हुनेछन् ।
लकडाउनको प्रत्यक्ष मारमा परेका विपन्न नागरिकको अवस्थालाई मध्यनजर गर्दै वहाँले श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा गत वैशाख १७ गते देखि २५ गते सम्म धनगढीमाई नगरपालिका ११ धनगढी बजार स्थित रहेको प्रकृती अस्पतालमा बैशाख २१ गते देखि २७ गते सम्म नगर स्तरीय निःशुल्क खाना खुवाउदै आउनुभएको थियो ।
सांसद श्रीवास्तवले ब्यक्तिगत खर्चमै निःशुल्क खाना खुवाउए पछि विपन्नहरुले संसदको जय जयकार समेत गरि रहेको छ । रोजगारी नपाएर वियोगमा परेका विपन्नहरुको घरमा चुल्हो नबल्ने अवस्था आउन थालेपछि वहाँले यो अभियान थालेको थियो । वहाँको यस कार्यले विपन्नहरुले अशिर्वाद समेत दिनुभएको छ । गरिबको नेता नेता श्रीवास्तव उपमा समेत दिन थालेका छन् ।
खाना खाने स्थानमा हुने भिडभाड लाई मध्यनजर गर्दै घरबाट एक जना खाना खान खाउने बाकी सदस्यको लागि भाडोमा दाल, भात, तरकारी र अन्य सबै सामग्री लगेर सबैजना घरमै मिलेर खाने योजना समेत मिलाएको थियो । खाना खानेहरुको लागि समाजिक दुरी समेत मिलाउनुभएको थियो ।
निःशुल्क भोजन अभियानमा धनगढीमाई नगरपालिकामा श्रेष्ठ समाज कल्याण कोष धनगढीमाईका युवाहरुको विशेष सेवक सहयोग, नेकपाका नेता शिव शंकर महतो लगायतको सहकार्य रहेको थियो ।
त्यसैगरी सुखीपुरमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो , नरायण महातो, विजेन्द्र प्रधाङ्ग, राम अशिष महतो, राम जानकी महतो, मनोज गुप्ता लगायतको स्यवसेकको रुपमा सहयोग गर्नुभएको ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६