मुकेश कुमार यादव
गोलबजार । लकडाउनले अस्तब्यस्त भएको अवस्थामा बजारमा ब्याप्त कालो बजारी बढेको जनगुनासा पछी सिरहाको गोलबजारमा आज शनिबार दोस्रो दिन पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
शनिबार भएको संयुक्त बजार अनुगमनमा गोलबजार नगरपालिका वार्ड नं ४ लोकमार्गको दक्षिण १५ वटा किराना पसलको अनुगमन भएको उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले बताए ।
ब्यापार संघ अध्यक्ष अग्रवालले भने, १५ वटा किराना पसलबाट उल्लेख्य मात्रामा म्याद गुज्रेको अखाध्य सामग्रीहरु फेलापारी सामुहिक रुपमा गोलबजार नगर कार्यपालिकाको कार्यालय प्राङगनको खाली ठाँउमा आगो लगाई नष्ट गरेको र यस्ता गल्ती पूनः नदोहराउन ती ब्यवसायीहरुलाई चेतावनी पनि दिएको अध्यक्ष अग्रवालले बताए ।
बजार अनुगमनको खबर सुन्दा उपभोक्ताहरु निकै नै खुशी भईरहेको र उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्ने त्यस्ता अखाध्य सामग्रीहरु कालो बजारी गरी बिक्री बितरण गर्ने ब्यवसायीहरुलाई कडा सजाय हुनुपर्ने समेत उनीहरुले राय प्रकट गरेका छन् ।
ठूला पसलहरु, हार्डवेयर, दुधडेरी, पेय पदार्थको डिलरहरुमा समेत अनुगमन हुनुपर्ने गुनासाहरु बाहिर आएपछी त्यस्ता पसल, डिलर तथा सप्लायर्सहरुमा पनि अनुगमन कार्य हुने गोलबजार नगरपालिका उपप्रमुख रेशम कुमारी थापाले बताईन । बजार अनुगमन बजार केन्द्रीत मात्र नभई गाँउघर तिरको पसलहरुलाई पनि गर्नुपर्ने चौतर्फी आवाज उठन थालेको छ ।
शनिवार दोस्रो दिन भएको बजार अनुगमनमा गोलबजार नगर उपप्रमुख रेशम कुमारी थापा, उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवाल, उपाध्यक्ष आनन्द कुमार यादव, महासचिव राकेश प्रसाद गुप्ता, गोलबजार नगर प्रवक्ता उमेश बराल, गोलबजार नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादव, सुनचाँदी व्यवसायी संघका का.बा. अध्यक्ष संदीप अग्रवाल, ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख ईन्सपेक्टर जनक पुरी, सशस्त्र प्रहरी सुरक्षा बल गोलबजारका प्रहरी ईन्सपेक्टर कृष्ण पौडेल, पत्रकार संजय यादव, गणेश साह लगायतको सहभातिा रहेको थियो ।
विश्वमहामारी कोरोना भाईरस९कोभिड १९० नियन्त्रणको लागि गरेको लकडाउनको शुक्रवार ४६औं दिन पुग्दा बल्ल बजार अनुगमन शुरु भएको छ । लकडाउनले अस्तब्यस्त भएको बेला पनि ब्यबसायीहरु कालो बजारीमा चुर्लुम्म डुबेको गुनासा बढदै गएको चौतर्फी आवाज उठदै गरेको छ ।
प्रभावकारी बजार अनुगमन समय समयमा सरोकारवाला निकायहरुले निरन्तरता गर्दै गर्नुपर्ने स्थानियहरुको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६