तथ्यांकमा काेराेना भाइरस - COVID - 19

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

  • प्रकाशित मितिः जेठ 2, 2077
  • मधेश स्पेशल
  • 229 पटक पढिएको

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती सवा आठ बजे बिवरण सार्वजनिक गर्दै संक्रमितको संख्या २६७ पुगेको जनाएको हो।

धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या २६७ पुगेको जनाएको छ।

मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उदयपुरको त्रियुगा नगरपालिकाका २५बर्षीय पुरुषमा संक्रमण देखिएको हो।

यस्तै पर्साको बिरगञ्जका ९र १० बर्षीय दुईजना बालकमा र २३, ४७ बर्षीया महिलामा संक्रमण देखिएको छ। यसैगरी दाङको गढवा ४, ५ र यस्तै तुलसीपुर ७ का २३, ३६, ३४बर्षीय पुरुषहरुमा अनि काठमाण्डौको सतुंगलका ७ बर्षीय बालकमा संक्रमण देखिएको हो।

मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाईएको छ।

new-corona-jestha-2-8-15PM

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६