सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न

  • प्रकाशित मितिः असार १०, २०७७
  • रोयाण्टर मण्डल
  • 1993 पटक पढिएको

रोयाण्टर मण्डल
लहान । सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सोमबार सम्पन्न भएको छ ।

नगरसभाका सभाअध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख राम औतार यादवले सुखीपुर नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाको चौथोे नगर सभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित ६४ करोड २२ लाख ६ हजार २ सय ८० रुपैयाँको बजेट नगरसभाबाट पारित गरिएको छ ।

सोमबार सम्पन्न नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको छ । यसमा चालुतर्फ ११ करोड, १ लाख, ५० हजार र पूँजीगतमा ५३ करोड २० लाख ५६ हजार २ सय ८० विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट २ करोड ९० लाख रहेको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले नगरवासिको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषी, उधोग, सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उहाँले भने,‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।’ नगरको विकासका लागि दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था र नागरिक समाजसित सहकार्य गरि सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


सर्व सहमतीको प्रश्नमा नगर प्रमुख यादवले मैथिलीमा बोल्दै तत्कालके लेल रुसल फूलल छै ,। गत वर्ष सेहो फूलल रहै । मन शान्त भेलै त सर्व सहमती स पास भेल आई बेर सेहो तत्काल रुसल छै ।


नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि कर प्रणालीलाई व्यवस्थित गरि लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ । नगरलाई व्यवस्थित गरी नमूना नगरपालिका बनाउन विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।


आगामी वर्षको नीति कार्यक्रममा सडक , विद्युत जडानगरी, घर घरमा सडक, खेत खेतमा विद्युत जडान गरेर किसानको अनुहारमा खुशी थप्दै नमुना नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६