सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

  • प्रकाशित मितिः असार 11, 2077
  • मधेश स्पेशल
  • 911 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्यक्रम अन्तर्गत ६४ करोड २२ लाख ६ हजार २ सय ८० रुपैयाँको बजेट सार्वजनिकीकरण गरिएको छ ।


चौथो नगरसभाले नगर बिकासका उपयोगि योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । बजेत तथा नीति कार्यक्रम अन्तर्गत चालुमा ११ करोड १ लाख ५० हजार बजेट प्रदान गरेको छ भने सामाजिक सुरक्षा तर्फ ११ करोड, शसर्त अनुदान संघिय सरकारबाट २१ करोड २२ लाख, प्रदेश सरकारबाट १ करोड, पुजिगत खर्च १९ करोड ९८ लाख ५६ हजार २ सय ८० रुपैयाँको अनुमानित रकम बिनियोजन भएको छ ।


नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख यादवले भने क्रमश प्राथमिकतामा १० वटामा १० वटा कालो पत्रे सडक, प्रत्येक वडामा कृषि विद्युतीकरण, स्यालो टुवेयल जडान, खानेपानीका लागि सहुलियत र निःशुल्क कल वितरण लगायतको कार्यक्रमको जानकारी दिनुभयो ।


नगर प्रमुख यादवले चौथो नगरसभाबाटै नगर प्रमुख सुखीपुर नगरपालिकाको काम आफै बोल्छ । बजेटले नागरिकको भावना अनुसार काम गर्ने बताउनुभयो ।
बजेट नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रमको संचालन सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६