सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

  • प्रकाशित मितिः असार 14, 2077
  • मधेश स्पेशल
  • 932 पटक पढिएको

राेयाण्टर मण्डल

लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।

 

लकडाउनको बेला दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर प्रदेश सरकार पठाएकाे राहत  सुखीपुर नगरपालिका वडा नम्बर ८ मा शनिवार  वितरण सुरु गरेको हो ।

 

प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलको तर्फबाट शुरु गरिएकाे दोस्रो चरणकाे राहत वडा कार्यालय मार्फत ५० घर परिवारलाई वितरण गरिएको वडा अध्यक्ष हरिवंश महताेले जानकारी दिएका छन् ।

 

राहत सामग्रीमा मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६