तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहामा कोरोनाबाट २ जनाको मृत्यु , कुल संक्रमित २ सय ७० जना

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • रोयाण्टर मण्डल
  • 489 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / नेपालमा कोरोना भाइरस संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने देशभरमा समाचार तयार पर्दा सम्म ९६ मृत्यु भए सकेको छ ।


कोरोनाबाट सिरहामा विष्णपुर गाउँपालिक वडा नम्बर १ बस्ने वर्ष ४० का पुरुषको बिहीबार कोशी अस्पताल बिराटनगरको आइसोलेसनमा मृत्यु भएको छ भने साउन २२ गते बिहीवार गोलबजार नगरपालिका वडा नम्बर १२ वस्ने २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।


४० वर्षीय पुरुषको टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएपछि उपचारको बुधवार रातीे २ बजे विराटनगर स्थित रहेको कोशी अस्तालमा आइसोलेसनमा भर्ना भएर उपचारकै क्रममा बिहीबार साढे ७ बजे मृत्यु भएको छ । स्वाबको रिपोर्ट उनको मृत्युपछि कोरोना पोजिटिभ आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताउनुभयो ।


सिरहामा समाचार तयार पर्दा सम्म कुल संक्रमित २ सय ७० जना , मृत्यु २, निको भएको १ सय ९२ जना रहेको छ । देशभरीमा कोरोनामा जम्मा परीक्षण ४ लाख ८३ हजार ३८ जना, जम्मा संक्रमित २४ हजार ९ सय ५७ जना, कूल मृत्यु ९६ जना, निको भएको १६ हजार ८ सय ३७ जना रहेको छ । विश्वभरमा जम्मा संक्रमित २१,०६८,३४५ कूल मृत्यु ७५७,४४० निको भएको १३,९१७,९५९ भएको कोरोना नेपाल डट लाईभको तथ्यांकमा उल्लेख रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६