पहिलो कार्य आठ हजार विरुवा रोपेर शुरुवात श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालयका ब्यवस्थापक समिति नमुना काम

  • प्रकाशित मितिः भदौ 4, 2077
  • मधेश स्पेशल
  • 1664 पटक पढिएको


ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ८ र ३ सुखीपुर र कुशहा  लक्ष्मीनियाँ  स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरले आज विहीवार एक कार्यक्रम आयोजना गरी आफनै चार विग्हा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ ।

No description available.

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्य र श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा बिभिन्न प्रजातीका ८ हजार ओटा विरुवा रोपेको  प्रधानाध्यापक  सत्य नारायण यादवले बताउनुभयो ।

 

कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपामा महेश साह, रजित पजियार , नेपाली कांगेसका प्रतिनिधी राम प्रसाद चौधरी, राम औतार यादव जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकापाका  युुुुवा नेता तथा नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

No description available.

निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । आज रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफनो कार्यकालको पहिलो कार्य आज वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्य अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँ सम्पती हुनेछन् । त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले आग्रह गर्दै भन्नुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६