रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
लहान / सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले सुखीपुरमा आयोजित एक कार्यक्रम वीच इन्द्र पूजाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सुखीपुर नगरपालिकाका सहयोगमा निर्मित सो भवन निर्माणबाट ईन्द्र पूजाको लागि सुविधा सम्पन्न भवन बनेपछि स्थानीयहरु खुशी भएका छन् ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख राम औतार यादवले सुखीपुर नगरपालिकाको केन्द्र सुखीपुर बजार रहेकोले यस वडाका विकास हुन नदिन यहाँकै केही मान्छेहरु लागि परेको छ । सुखीपुरमा म आफनै पहलमा विकास गर्न लागि परेको छु । यसै वडामा केही दिन भित्र नगरपालिकाको काम शुरुवात हुनेछन् र यसै वडामा यसै वर्ष देखि वृद्धाआश्रम समेत बनाउने छौ । आज सम्म यस वडाका कोही समाजसेवी कुनै काम अनुरोध गर्न जादाँ कहिले नगर्ने भनेका छैनौ । ल काम गर्नु भनेका छौ त्यसैले राम्रो काममा सहयोग गर्न वडाबासीलाई अनुरोध गर्नुभयो ।
यस वडाका केही राजनैतिक दल र अगुवाको ब्यवहार देखेर दुख लागेको छ । दुखको कारण कोरोना भाईरसबाट मृत्यु भएकाको शब यस वडा स्थित रहेको गागैन खोला गाड्न अबरोध गराउने अवरोध गराउन पहल गर्ने आफूलाई समाज सेवी भर्नेलाई नगरप्रमुख यादवले प्रश्न तेर्साउदै भने कोरोनाबाट यस वडाका कोही मृत्यु भयो भने कहाँ गाडने ? यसैले यस्तो महामारीको बेलामा सबैले सहयोग गरेर हातोमाईलो गरेर अगाडी बढनु पर्छ । विकास काममा समेत हातोमाईलो गरेर अगाडी बढनु पर्छ । यस भवनको काम गर्ने उभोक्ता समितिलाई धन्यवाद दिदै अन्य उपभोक्ता समितिलाई समेत यस्तै काम गर्न आबश्यक रहेको बताउनुभयो ।
संमृद्ध सुखीपुर नगरपालिका निर्माण अभियानमा आफु दिनरात लागेको बताउँदै सडक यातायात, कृषि जलस्रोत , शिक्षा , स्वास्थ्य र रोजगारीलाई संग संगै अगाडी बढाईएको बताउनुभयो ।
सुखीपुर नगरपालिकाको सबै वडालाई सडक संञ्जालमार्फत जोड्ने अभियान अन्तर्गत अहिले सडक निर्माणकार्य तिब्रगतिमा अगाडी बढीरहेको भन्दै वहाँले सडक निर्माणले स्थानिय कृषि उत्पादनलाई बजार पहुँचमा सहयोग पुर्याएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका नगरप्रमुख राम औतार यादव, प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साह, लेखा अधिकृत देवेन्द्र यादव, प्राविधक शाखा प्रमुख ईन्जिनियर डोमी यादव, प्राविधक शाखाका सब– ईन्जिनियर मनोज कुमार साह स्टोर प्रमुख विरदेव महतो, समाज सेवी राम सागर महतो, अवकाश प्राप्त प्रध्यानापक किशोरी महतो, श्री जनता माध्यमिक विद्यालय सुखीपुरको विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष सुर्य नाथ मण्डल, सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रासद चौधरी लगायतलाई दौशलाले सम्मान गरेको ईन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष राधे महतोले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६